Comments Add Comment

पाइलट रोक्न निगमले बढायो तलब, अब मासिक ६ लाख पाउने

१२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो ।

निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिष्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरु बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार पुग्नेछ । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment