Comments Add Comment

श्रीमती घर ल्याउन नमान्दा जरिवाना !

१२ असार, काठमाडौं । बिहेको सात वर्षपछि दुलहाले दुलही ल्याउन आनाकानी गरेपछि गाउँलेले जरिवाना गरेका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार निवासी रामजपु महतो नुनियाका २२ वर्षीय छोरा शत्रुधन महतोलाई गाउँलेले ५ लाख जरिवाना गरेका हुन् ।

०६७ सालमा भारत आदापुर नकरदेई कटगेनवामा बिहे सम्पन्न गरी सात वर्षदेखि मलेसिया बस्दै आएका उनले दुलही ल्याउन आनाकानी गरेकाले स्थानीय तथा दुलहीका आफन्तले आइतबार ५ लाख दण्ड गरेका हुन् ।

बिहे गरेर अरुको जीवन बर्बाद पारेपछि दुई–दुई पटकको पञ्चायती केटा पक्षले नमानेपछि सबैको रायअनुसार केटीको अर्कासँग बिहे गराइदिने सामूहिक निर्णयपछि खर्चबापत पाँच लाख केटा पक्षले केटी पक्षका अभिभावकलाई दिने सहमति भएको स्थानीय नेता मञ्जुर मियाँले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment