Comments Add Comment

हुण्डाईको इयोन ट्याक्सी किन्ने भुकम्पपीडितलाई ‘शतप्रतिशत नगद फिर्ता योजना’

१२ असार, काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल सरकारले लक्की ड्रबाट घोषणा गरेको १५ सय भाग्यशाली ट्याक्सी नम्बर विजेताका लागि विशेष अफर ल्याएको छ ।

हुण्डाई इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको हो । ट्यक्सी किन्ने भूकम्पपीडित मध्येबाट एक जना भाग्यशाली ठहरिनेछन् ।

सर्वाधिक लोकप्रिय सवारी भएको यो ट्याक्सीको रुपमा हुण्डाईको को ह्याचब्याक सेगमेन्ट अन्तरगत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै इओन ट्याक्सी को खरिदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ ।

बलियो तथा सुरक्षित सवारीस साधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट, पावर स्टेरिङ, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता लगायतले यसलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको छ ।

भूकम्पपीडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यो योजना मार्फत योगदान दिने प्रयास गरेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment