शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

विदेशमा पढाइ, नेपालमा सेवा

ऋचा अर्याल

२७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन ।

डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो ।

विदेशमा अध्ययन, नेपालमा सेवा

पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे ।

सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे । एमबिबिएस सकेपछि सन् २००२ देखि २००४ सम्म उनले नेपाल आएर त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्य गरे । त्यसपछि छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस हानिए । रुसमा रहँदा सन् २००८ मा उनले पहिलोपटक आफ्नै अगूवाईमा एक शिशुको मुटुको प्वाल टालेका थिए ।

२००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधि गरे । त्यसक्रममा त्यहाँ पनि थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए । पढाई कर्मका खातिर आफ्नो जीवनको ठूलो कालखण्ड विदेशमा विताएका उनको मनमा आफ्नै देश फर्किने र जनताको सेवा गर्ने हुटहुटी चल्न थाल्यो, जुन उनका बाबुआमा पनि चाहन्थे । उसो त उनलाई विदेशमै काम गर्ने प्रस्तावहरु नआएका हैनन् । तर, आफ्नै देशमा गएर काम गर्ने योजना उनले बुनिसकेका थिए । अन्ततः सन् २०१३ मा उनी सदाका लागि नेपाल फर्किए ।

डा भट्टराई नेपाल फर्किँदा नेपालमा मुटुरोगको उपचार गर्ने दुईवटा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा त्रिवि शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियाक सेन्टर सञ्चालनमा थिए । दुईमध्ये मनमोहनलाई नै उनले प्राथकितामा राखे ।

‘मैले पहिले पनि यहीँ काम गरेकाले यो संस्थासित आत्मियता त थियो नै, यहाँका वरिष्ठ चिकित्सकहरुले समेत आग्रह गरेकाले पनि मैले यसैमा काम गर्ने निधो गरेँ,’ डा भट्टराई सम्झिन्छन् ।

विदेशमा रहेर अध्ययन गरेको मान्छे, सिधै नेपालको सरकारी अस्पतालमा काम गर्दा उनलाई अप्ठ्यारो महसुस नभएको हैन । सहकर्मीहरु सहयोगी नहुने, उपचार प्रक्रियामा साथ नदिने समस्याहरु धेरै थिए ।

स–साना कुराको लागि पनि एक्लै लड्नु पथ्र्यो । ‘कहिलेकाहीँ त विदेशै फर्किने सोच पनि आउथ्यो’ उनी भन्छन्, ‘तर सबैले यस्तै सोच्ने हो भने यहाँ कसले गर्ने भनेर आफूलाई कन्भिन्स गरेँ ।’

अन्ततः यही सोच र दृढ अठोट लिएर मानिसहरुलाई सम्झाउदै, बुझाउँदै, काम गर्दै जाँदा पछिल्ला दिनहरु उनका लागि सहज बन्दै गए । काम गर्दै जादाँ निजी अस्पतालबाट थुप्रै प्रस्ताव आए । तर, सरकारीमै टिकिरहनुको कारण प्रष्ट्याउँदै उनी भन्छन्, ‘निजीमा काम गर्दा तलव सुविधा त धेरै हुन्थ्यो होला, तर दुरदराजका मानिसलाई सेवा पुर्‍याउन सकिन्नथ्यो ।’

अहिले उनले मनमोहनमै रहेर थुप्रैको निःशुल्क शल्यक्रिया गरिसकेका छन् । साथै, अन्य संस्थाहरुसित मिलेर कतिलाई काठमाडौं आउने–जाने व्यवस्था गरिदिने, फ्रि क्याम्पहरुको आयोजना गर्ने, मुटु सम्बन्धी जनचेतना फैलाउने, अत्यावश्यक मानिसहरुलाई प्राथमिकतामा राखेर शल्यक्रिया गर्ने लगायतका काम गर्दै आएका छन् ।

आफ्नै लगानीमा विदेशबाट उपकरण

डा. भट्टराई विदेशबाट फर्किँदा उनले चाहेजस्तो उपकरण नेपालमा थिएन । जसले गर्दा कतिपय उपकरण उनी आफैंले युरोपबाटै मगाए । तीमध्ये केही उपकरण अस्पतालहरुले नै खरिद गरिदिए । डा. भट्टराईका अनुसार उनकै प्रयासमा त्यतिबेला विदेशबाट ल्याइएका उपकरण अहिले पनि विभिन्न अस्पतालहरुमा प्रयोग भइरहेको छ ।

पहिलो शल्यक्रिया र चश्मा उपहार

सन् २००६ देखि २०१७ भित्र डा. भट्टराईले ३ हजार भन्दा बढीको मुटुको सफल शल्यक्रिया गरिसकेका छन् । यस दौरान अहिलेसम्म कुनै अप्रिय घटना बेहोर्नु नपरेको उनी बताउँछन् ।

उनले सन् २००८ मा जीवनको पहिलो शल्यक्रियाका रुपमा भर्खर जन्मेको शिशुको मुटुको प्वाल टालेका थिए । ‘जीवनमै पहिलोपटक आफ्नै नेतृत्वमा सम्पन्न गरेको शल्यक्रिया सफल हुँदा खुशी लाग्नु त स्वभाविकै हो । तर, बिरामीका परिवारले आफ्नो कामको सह्राहना गर्दै हृदयदेखि आभार व्यक्त गर्दा अनुभव नै बेग्लै हुन्छ,’ उनले भने ।

शफल सल्यक्रियापछि शिशुका मातापिताले एउटा चश्मा उपहार दिएका थिए, जुन उनी अहिले पनि लगाउने गर्छन् ।

जोखिम ५ प्रतिशत

मुटुको शल्यक्रिया आफैँमा जटिल हुने भएकोले यसमा बिरामीको मृत्यु हुने खतरा पनि हुन्छ ।

डा. भट्टराई भन्छन्, ‘त्यो ५ प्रतिशतमा जो पनि पर्न सक्छ ।’

उनले इटलीमा आफ्ना एक शिक्षकको एउटा घटना सुनाए, ‘मेरा गुरु एउटा नाम चलेका मुटु शल्यचिकित्सक थिए । एकपटक उनले आफ्नै आमाको शल्यक्रिया गर्नु पर्ने भयो । विडम्बना, शल्यक्रिया सफल हुन सकेन र उनकी आमाको निधन भयो ।’

यद्यपि कतिपय अवस्थामा प्रविधिका कारण वा मानवीय कारण पनि गल्ती हुनसक्ने उनको भनाइ छ । तर, त्यसमा एउटा मात्र चिकित्सक दोषी नभई सम्पूर्ण टिम नै त्यसको उत्तरदायी हुने उनले बताए ।

काखीमुनीबाट शल्यक्रियाको कथा

डा. भट्टराईले इटालीमा छँदा युरोपियन काग्रेसको सभामा भाग लिने अवसर पाएका थिए । उक्त सभामा विभिन्न देशका प्रतिनिधिहरुले आ–आफ्नो देशले सञ्चालनमा ल्याएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराएका थिए । भाग्यवस्, उनले त्यही प्रविधिमा आधारित काखीमुनी प्वाल पारेर मुटुको जटिल शल्यक्रिया गर्ने टिममा सहभागी हुने मौका पाए । त्यसबेला ५÷६ वटा त्यस्ता शल्यक्रियामा सहभागी भएको उनी बताउँछन् ।

नेपाल फर्केपछि पराम्परागत विधिमा नै मुटुको शल्यक्रिया गर्दै आएका उनले सन् २०१६ मा पहिलोपटक नयाँ प्रविधिलाई आत्मसात गरे । उनले ग्रीनसिटी अस्पतालमा एक मुटुरोगीको काखीमुनी सानो प्वाल पारेर सफल शल्यक्रिया गरेका थिए ।

त्यसबेला, धादिङ्गकी १६ वर्षीया श्रीषा कार्कीलाई लिएर उनका बुबा काठमाडौं आएका रहेछन् । श्रीषा आविवाहित थिइन् । शल्यक्रियाका दौरान छातीको बीचमा लामो दाग रहँदा छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता बुबालाई थियो ।

यो समस्या उनले डा. भट्टराईलाई सुनाए । ‘त्यस अघिसम्म मैले स्तन मुनी काटेर शल्यक्रिया गर्दै आएको थिएँ । त्यसमा साधारण दाग देखिने गरेको थियो । तर, एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डा. भट्टराईले भने ।

त्यसपछि उनले आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर, अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको सुनाए । र भने, ‘तपाईको छोरीमै पहिलो पटक गर्ने हो । के तपाईं मलाई विश्वास गर्नु हुन्छ ?’

विरामीका बाबुले पनि ‘तपाईले सक्नुहुन्छ, गर्नुस्’ भन्दै डा. भट्टराईप्रति भरोसा देखाए । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशिश सम्भव हुन्थ्यो,’ डा. भट्टराई भन्छन् ।

शल्यक्रिया सफल भएपछि उनले डा. भट्टराईले गाईको घिउ उपहार दिएका थिए ।

त्यसयता उनले सोही प्रविधिमा आधारित रहेर हालसम्म १५/१६ जनाको मुटुको शल्यक्रिया गरिसकेका छन् । काखीमुनीबाट शल्यक्रिया गर्न छिमेकी मुलुक भारतमा १० लाख भारु पर्ने तर, नेपालमा ३–४ लाख रुपैयाँमा गर्न सकिने उनी बताउँछन् ।

‘अहिलेसम्म हामीले न्यूनतम शुल्क वा निःशुल्क यस्तो शल्यक्रिया गर्दै आएका छौं,’ डा. भट्टराईले भने ।

दुःख बढी, पैसा कम

डा. भट्टराई सधैभरी शल्यक्रियामै व्यस्त हुने चिकित्सकमा पर्दछन् । हप्तामा चार दिन शल्यक्रियामै विताउने उनी बाँकी तीन दिन भने ओपीडीका विरामीको चेकजाँच गर्छन् । आवश्यकता पर्दा राति २ बजे, ४ बजे पनि अस्पताल आउने र कहिलेकाँही दिनमै तीन पटक पनि अस्पताल आउने उनले सुनाए ।

डा भट्टराई भन्छन्, ‘मानिसको आँखा, कान र फोक्सो दुईवटा हुन्छ । एउटा भाग निकाले पनि मानिस बाँच्न सक्छ । तर, मुटु यस्तो संवेदनशील एउटा अंग हो, जुन एक मिनेट रोकिदाँ पनि मान्छे मर्न सक्छ । त्यसैले जुनसुकै बेला तपाईं (शल्यक्रियाका लागि) तयार हुनुपर्छ । भोलि गरुँला भन्ने कुरै आउँदैन ।’

यस अर्थमा उनी पैसा कम र दुःख ज्यादा हुने क्षेत्रको रुपमा मुटुको शल्यचिकित्सा क्षेत्रलाई मान्छन् । ‘एउटा शल्यक्रिया गर्नमा कम्तीमा पनि ५÷७ घण्टा लागिहाल्छ । त्यसबाहेक, शल्यक्रियापछिको क्षण र विरामीको अवस्थाले गर्दा पनि हामीलाई दुःख बढी छ,’ उनी भन्छन् । दुःखकै कारण पछिल्लो समय चिकित्सकहरुले सबैभन्दा नरुचाएको क्षेत्रमध्ये यो क्षेत्र एक रहेको उनको बुझाइ छ ।

बढी खर्चिलो र धेरै समय लाग्ने भएकोले पनि निजी अस्पतालहरुको प्राथमिकतामा यस्ता शल्यक्रिया कम पर्ने उनको भनाइ छ । सरकारीमा सुविधा हुने भएकोले विरामीहरु पनि सरकारीप्रति नै बढी आकर्षित हुने उनी बताउँछन् ।

व्यक्तिगत जीवन छैन

मुुटु शल्यचिकित्सक भैसकेपछि डा. भट्टराईको एउटा नमिठो अनुभव पनि छ । गत वर्ष उनी परिवारसहित कतै घुम्न जान हिँडेका थिए । तर, बाटैमा उनलाई अस्पतालबाट फोन आयो । उनले सबै कार्यक्रम रद्द गरेर अस्पताल फर्किनुपर्‍यो  ।

‘यस्तै हुने भएकाले आजकल परिवारमा कहिल्यै कसैले मसित घुम्न जाने भन्दैन । देशै छोडेर गए मात्र व्यक्तिगत जीवन हुन्छ, नत्र हुँदैन,’ उनले स्पष्ट पारे ।

२०७४ असार २७ गते २०:१० मा प्रकाशित (२०७४ असार २८ गते १०:२५मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५६ प्रतिकृयाहरू प्राप्त
  • Rajkumar Gurung लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १०:४०

    Salam Doc. Anil Bhattarai, Tapai jastai manis dherai jana desh lai chaiyeko chha.

    103
    2
    Share

  • minmnai लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:०७

    salam dr.sab laai

    46
    1
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:०८

    Very good and respect sir . keep it up

    48
    0
    Share

  • minmnai लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:१८

    heartily salute you Dr Bhattarai saab.

    41
    1
    Share

  • AKS लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:२३

    I’m proud of him. Blessed.

    38
    1
    Share

  • Surendra Malli लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:२६

    Thanks a lot of you…..

    32
    0
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:२९

    Great Job Doctor. Desh lai maya garne manxe.

    45
    0
    Share

  • Jay Nepal लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:४९

    Don’t be distracted and dishearted by Nepalese system, people have faith in you so keep rocking. Wish you all the best !

    28
    1
    Share

  • Tejendra Malla Raju लेख्नुहुन्छ    |   २०७४ असार २७ गते ११:५१

    Great job Dr.Bhattarai
    Solute छ

    30
    2
    Share

  • krishna rawat लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:०५

    यस्ता मान्छे हुन कर्मठ कर्मचारी र देश भत्ति महान माान्छे लाखाै लाख सलाम छ तपाइलाइ तपाइकाे सेवा वाट अन्य कर्मचारी ले ले पनि सिकुन र सरकारले उचित सम्मान गरुन् ।

    47
    1
    Share

  • khem लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:१९

    Dr.Anil jasto Dr.ko khacho cha hamrodeshlai.Dr.Anil lai solute garchu.

    24
    0
    Share

  • Saroj Khanal लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:२१

    Hats off to Dr. Bhattarai. You are true legend!!

    23
    1
    Share

  • bir bahadur karki लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:२१

    Salute cha hajur lai sir, we are proude of you.

    20
    0
    Share

  • sita bhandari लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:२४

    Really Great personality. keep it up DR Bhattrai.

    18
    0
    Share

  • Jay Chandra neupane लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:३९

    डा‍. भट्टराई तपाइ एक महान र उदारणीय व्यक्तित्व भएकाले तपाइको उदरणीय कार्यको नेपालीहरुले संधै अाशा र अपेक्षा राख्नेछन तर तपाइ निराश हुनुपर्नेछैन किनकी हामी सवै नेपाली तपाइको साथमा हुनेछाैं ।

    33
    0
    Share

  • Bishnu Shrestha लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १४:२१

    Nepal Aamako Sancho Saput.I salute him.

    18
    0
    Share

  • kumar लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १४:३९

    salyachikitsak le echo chahi nagarnu hai anil

    10
    1
    Share

  • Tikendra लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १४:४२

    सलाम छ डा. साब हजुरलाई अनि हजुरको अभिभावकलाई जस्ले हजुर जस्तो सुपुत्र यस देशलाई दिनु भयो।

    24
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १५:०२

    My hats off to Dr. Bhattari , you are our proud, you are our hope, you are our role model, Doctor like you are our heart – if you continue like this, yes we are hand & we will make this country “Mafia Free” & beautiful, peace, prosperos, grand Nepal,
    Sebaro from Terthum!!

    14
    1
    Share

  • Tanka Dhungana लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १५:२९

    Thank you/Well done Doctor and congratulations.

    14
    1
    Share

  • jeevan लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १५:३६

    Great job sir !!!

    10
    1
    Share

  • sunil लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १५:३८

    we are proud of u, Dr.Anil Bhattarai. keep it up..

    13
    1
    Share

  • KRISHAN SAUD लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १६:०९

    The god/s never take rest as they have to take care of all creatures. same thing also applies on your Dr. Bhattarai. those we get the new life after operation through you, always worship of you instead the god.

    1
    0
    Share

  • akash लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १७:५०

    “मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन”- लप्रदे
    डा. ठुलो सेवाले हुन्छ,
    पैसा कमाईले हुदैन । इति !

    12
    0
    Share

  • Narayan लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १७:५४

    बधाई छ अनिल बाबुलाई ।

    5
    0
    Share

  • रामप्रसाद सुवेदी लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १८:०९

    देश र जनताको सेवामा समर्पित अनिल बाबुलाई मुरी मुरी बधाई । राम्रो काम गरी आफुजन्मेको ठाउँ (तिलाहार, दराक पर्वत)को नाम राखेकोमा धन्यवाद । म स्वयम पनि उक्त गाउँको उत्पादन भएकोमा गर्वको अनुभुति भएको छ ।
    KEEP IT UP Dr. ANIL

    9
    0
    Share

  • Dipak लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १८:१६

    Dr is great

    5
    0
    Share

  • लोक नाथ लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १९:५३

    हार्दिक बधाई तथा यसै गरी सफलता मिल्दै जाओस। शुभकामना पर्वतको मणीलाई।

    4
    0
    Share

  • Sanam pathak लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १९:५६

    I met him in my sister’s wedding and talked about various topic.one of them we talked was about vedic astrology and its relation with human life in real.he was so humble.I need your birth detail for research Dr.anil. my gratitude towards your service to the nation.Nepal government should proud with such a legend.
    ganga’s brother 😉

    4
    0
    Share

  • Tulsi gyawali लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २०:००

    डा.अनिलबाट सफल शल्यक्रिया गरि जीवन पाएको म वहा प्रति कृतज्ञ छु । मिठो बोली र खारीएको अनुभवले नै बिरामीहरु सन्तुष्टि छन । राज्यले वहा र वहाको टिम, डा.भगवान कोईराला, डा रबि बराल, अनि डा. खकुरेल प्रति उचित स्थान दिनु आजको आबश्कता हो ।

    12
    0
    Share

  • आशाबादी मुन्छे लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २०:३०

    पैसा र सुबिधाको लागि विदेशमा रमाउने डाक्टर उपाधिधारी कैयौ कुपुत्रहरूलाई धिक्कार छ .
    अनि देशलाइ माया गरेर देशभित्रै सेवा गर्ने डा. अनिल भट्टराईजस्ता सैयौ डाक्टरहरूलाइ सम्मान छ .
    त्यति मात्रै हैन, यस्ता सन्तान जन्माउने आमाको कोख, सस्कार सिकाउने बाबु, अनि साथ सहयोग गर्ने तिनका परिवारप्रति पनि उत्तिकै सम्मान !!

    14
    0
    Share

  • Roshan gurung लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २०:४९

    Thanks sir..

    3
    0
    Share

  • Binod लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २०:५६

    Dr. Bhatrai lai koti koti naman slam desh premi hunuhunx

    1
    0
    Share

  • Jog Ratna Maharjan लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २१:३२

    Hats Off Doc !
    Nepal needs more people like you, who thinks of National and its people first over foreign money & lifestyle.

    We see many people in our society who are leaving Nepal just for the sake of THEIR better life style, but forget how much nation have invested upon them.

    People like you can be inspiration for many people living in abroad to return back to Nepal.

    3
    0
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २२:०९

    डाक्टर साहेब जीवन मुत्यूपछि पनि छ, यदि हामीमा मृत्युलोकको बिषयमा यथेष्ठ तत्वज्ञान छ भने यसमा विश्वाष गर्नैपर्ने हुन्छ । यसको पुष्टि कसरी गर्न सकिन्छ भने जो जन्मिन्छ उ अमर बनेको पाइएको छैन । कुनै पण्डाले त्रेता युगका हनुमान र द्वापर युगका अश्वस्थामा जीवित हुनुहुन्छ भनेर भन्ला तर जति बेला तीँ महापुरुषहरु जीवित थिए, त्यतिबेलाका साधारण मानिसले देख्न सक्ने तर हामीले देख्ननसक्ने हुन्छ र ? मेरो भनाईको अर्थ हो यस लोकमा जसरी जन्मपछि मृत्यू हुन्छ, त्यसैगरी मृत्युपछि जन्म पनि हुन्छ । यदि मृत्यु बरण गर्ने मन छैन भने जन्म हुनबाट बच्नु अावश्यक छ । जन्मबाट बच्नको लागि मोक्ष प्राप्ति गर्नु आवश्यक छ । मोक्ष भनेको परम परमात्मा मा यस मानव शरिरमा प्रवेश गरेको आत्माको मिलन हो, कहिल्यै नफर्किने गरी । यस परमानन्द मिलन पछि मृत्यु तथा यस लोकमा जन्म मृत्युको चक्करमा रुमल्लिनु पर्दैन । मोक्षको बारेमा मानिस जस्तै चेतनशील प्राणि बाहेक अन्य जीवले सोच्न सक्दैन । त्यसैले मानिस भएर जन्मिनुको अर्थ मोक्ष प्राप्तिको लागि परिक्षामा सम्मिलित हुनु वा प्रयास गर्नु हो । मोक्ष प्राप्ती गर्नको लागी निश्वार्थ वा निश्कान सेवा गर्नुपछि । यो समाचार पढ्दा तपाईंले गरेको कार्य पनि निश्काम जस्तो लाग्यो । मोक्ष प्राप्ति गर्ने बिभिन्न विधा वा बाटा छन । त्यसैले मलाई त, डाक्टर साहेब, मोक्षको मार्गमा अग्रसर हुनुहुँदो रहेछ भन्ने लागेको छ । शुभकामना छ, डाक्टर साहेवको मार्ग गन्तब्य सम्म पुगोस ।

    10
    0
    Share

  • gaurav bhatta लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २३:३६

    Very good and respect sir . keep it up

    3
    0
    Share

  • gaurav bhatta लेख्नुहुन्छ    |   २०७४ असार २७ गते २३:४०

    यदि कतै जिवित भगवान छन् भने डा. भट्टराई जस्ता महान मान्छे छन् । सँधै यस्ता व्यक्तिलाई पुज्न पाइयोस । डा. सापको कर्ममा कहिल्यै पनि निरुत्साह नआअोस्, !!

    7
    0
    Share

  • महेश रेग्मी लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ५:३३

    जिवित देवता,डा. भट्टराई ।

    2
    0
    Share

  • Nabindra लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ६:१९

    डा.अनिल लाई धन्यवाद नेपालमा हजुर जस्तो डाक्टर को खाचो छ

    2
    0
    Share

  • Mukesh Chaudhary लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ७:४०

    You are Great We are proud of you
    Keep it up Sir…

    2
    0
    Share

  • R P Kharel लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ८:१३

    Salute dr.sab we need a Bhattrai like you not like Baburam Bhattrai.

    1
    0
    Share

  • Pratul लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ८:१८

    Great job Doc.. Heart surgeon with a good heart.. Country like ours need people’s like you..

    2
    0
    Share

  • anjana लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ८:४९

    Wow, thank you for the great news!

    1
    0
    Share

  • raju लेख्नुहुन्छ    |   २०७४ असार २८ गते ९:१९

    great job Dr. Saab
    you r REAL HERO.

    0
    0
    Share

  • Prakash Nepal लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १०:११

    The man of the century! Congratulations!

    0
    0
    Share

  • santosh rai लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १०:१७

    Long live Dr. Bhattarai

    0
    0
    Share

  • Ram Kumar Neupane लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १२:०२

    मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन”- लप्रदे
    डा. ठुलो सेवाले हुन्छ,
    पैसा कमाईले हुदैन । इति !

    0
    0
    Share

  • Akil Basnet लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १४:०५

    You are the really a great person DR.bhattrai. There is no word to explain your service in the field of heart surgery. Yor are the real hero of the humanity and mandkind.

    0
    0
    Share

  • Rajendra Chapagain लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १५:५१

    I really appreciate your contribution to the nation.

    SALUTE !!!

    0
    0
    Share

  • Narendra Mool लेख्नुहुन्छ    |   २०७४ असार २९ गते ७:१२

    डा अनिल नमस्कार
    हजुर , जस्तो सच्चा नेपाल आमाका सपुत लाई हृद य देखी नमन । । । हजुर हरु जस्तै सिमित नेपालीले देशको ईज्जत धानेको छ । ।हजुर को निस्था र समर्पन प्रती हामी नेपाली लाई गर्ब छ , धन्यवाद
    नरेन्द्र मूल परिवार

    1
    0
    Share

  • pradip shrestha लेख्नुहुन्छ    |   २०७४ असार २९ गते १५:०५

    you are not doctor,you are god.

    0
    0
    Share

  • shyam krishna Shrestha लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २१:३०

    First of all heartiest salute and congratulations Dr.Saheb,
    in nepal we well know and consider Doctor as second god, i hope and sure Doc.Anil is giving or must teach his skill to more doctor who are in similar profession, because only he couldnot serve all over nepal,her parents are so fortunate to have son like him and all patient who got treatment from him is really lucky, we all nepali should be proud for it.
    best wishes and may god bless you all success and long life to serve human.
    regards and namaste

    0
    0
    Share

  • RAM CHAURASIA लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १७:४१

    you r not less than koiral….

    0
    0
    Share

  • suresh parajuli लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १४:५७

    You are Great We are proud of you
    Keep it up Sir.

    0
    0
    Share

  • suresh parajuli लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:००

    You are Great.
    Keep it up Sir.

    0
    0
    Share

  • Suresh parajuli लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १५:०३

    Thanks Dr. Sab .you are God not a Doctor

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this