Comments Add Comment

अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्


कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् ।

फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् ।

उक्त कलेजले संचालन गरेको सो विशेष कोर्सको नाम हो फेलिङ वेल । फेल भएसँगै आफ्नो करिअरलाई लिएर निकै चिन्तामा रहेका विद्यार्थीहरुलाई यो पठाइले निकै ठूलो सहयोग मिल्ने बताइउको छ ।

उक्त कोर्समा विद्यार्थीहरुलाई पढाइन्छ की फेल हुनुका पनि फाइदा हुन्छन् । साथै विद्यार्थीहरुलाई भविष्यका सम्भावना तथा अघि बढ्ने विषयमा जानकारीहरु प्नि सो कोर्समा गराइन्छ ।

वास्तवमा पढाइमा मात्र होइन, प्रेम सम्बन्ध, व्यवसाय लगायतका जिवनका विभिन्न पाटाहरुमा असफल हुनेहरुले यो पाठ्यक्रम पढ्न पाउँछन् र जिवनमा सकारात्मक उर्जा ग्रहण गर्न सक्दछन् ।

यो कलेजमा भर्ना पाउन के गर्ने ? पहिले त अमेरिका जानुपर्यो । त्यसपछि उक्त कलेजमा गएर तपाइँले आफु के कुरामा फेल भएको हो बताउनुपर्दछ जस्तै जागिरमा हो की पढाइमा वा सम्बन्ध इत्यादिमा । त्यसपछि कलेजले तपाइँलाई भर्ना लिन्छ । अनि फेलिङ वेल कोर्स पढाइन्छ तपाइँलाई जहाँ विशेष कक्षाहरु संचालन ह’न्छन् । कक्षमा असफलतालाई कसरी सामना गर्ने, उत्प्रेरित भएर कसरी अघि बढ्ने लगायतका कुरा सिकाइन्छ । कलेजले तपाइँलाई असफलताको प्रमाणपत्र सँगै सफलता प्राप्त गर्ने बाटो देखाइदिन्छ ।

असफलहरुले पढ्ने विशेष कोर्स संचालन गर्ने स्मिथ कलेज निकै चर्चामा छ अचेल । कलेजमा भर्ना ह’नेहरुको संख्या पनि बढिरहेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment