Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचारः गरिवलाई सहुलियत दिदै सरकार

६ साउन, काठमाडौं । सरकारले गरिवीको पहिचान भएका सर्वसाधारणलाई सहुलियत दिने तयारी गरेको छ ।

आर्थिक अवस्था कमजोर भई गरिवीको रोखामूनि रहेका सर्वसाधारणलाई सरकारले सहुलियत दिने तयारी अघि बढाएको हो ।

आपूर्ति मन्त्रालयले गरिवी पहिचान भएका सर्वसाधारणलाई खाद्यान्न नुन, तेललगायत अत्यावस्यक सामान सहुलियत दिने सन्दर्भमा कारोबार दैनिकले समाचार प्रकाशन गरेको छ ।

त्यस्तै बैदेशिक लगानी झन् घट्यो शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ ।

बैदेशिक रोजगारीको सम्बन्धमा ‘पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे’ शीर्षकमा नागरिक दैनिकले मुख्य आर्थिक समाचार बनाएको छ । दर्जन बिदेशी वस्तुलाई गुणस्तर चिहृन दिनेबारेको समाचार पनि नागरिकमा छ ।

उपत्यकामा सडक बिस्तार सुचारु गर्न रिट खारेजी प्रस्तावलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

कावेली प्रशारण लाइन निर्माण अवरुद्धबारेको समाचारलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ भने उसले ल्याण्डलाईनलाई आइपीमा रुपान्तरण गर्ने प्रस्तावबारेको समाचार पनि उसले छापेको छ ।

११ महिनामा १९ खर्ब ६६ अर्ब कर्जा शीर्षकको समाचारलाई आजको अज्जपूर्ण पोस्टले मुख्य समाचार बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment