Comments Add Comment

फिल्मको पोष्टरमा किन लुकाइयो सलमानको अनुहार ?

ट्यूबलाइटबाट धोका पाएका सलमान खानका फ्यानहरु उनको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रतिक्षामा छन् । यो फिल्मको हालै पोष्टर सार्वजनिक भएको छ ।

फिल्मको पोष्टमा नयाँ प्रयोग गरिएको छ । पोष्टरमा सलमानको अनुहार होइन, पिठ्यू मात्र देखिन्छ । उनी पछाडि फर्किएका छन् । फिल्मका निर्देशक अली अब्बास जाफरले टि्वटरमा सार्वजनिक गरेको यो पोष्टरले फ्यानहरुलाई बेचैन बनाइदिएको छ ।

अब्बासले फोटोको क्याप्सनमा लेखेका छन्, ‘प्लिज पलटो ना ।’

त्यसो त पोष्टरबाट पनि धेरै कुरा खुल्छन् । सलमानले गलामा अफगानी स्कार्फ लगाएका छन् । यसबाट उनी एक था टाइगरकै लुकमा देखिनेछन् भन्ने पक्का भएको छ । यो फिल्मका लागि सलमानले आफ्नो तौल १७ किलो घटाएका छन् ।

यो फिल्म सलमानका लागि यसकारण पनि खास छ कि उनले आफ्नी पुरानी प्रेमिका कैटरिना कैफसँग यसमा रोमान्स गरेका छन् । ४ वर्षपछि यो जोडी पर्दामा फर्किएको हो । यसअघि उनीहरु २०१२ मा एक था टाइगरमा एकसाथ देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment