Comments Add Comment

दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पतालमा

१३ साउन, पाँचथर । दुवै मिर्गौलाले काम गर्न छोडेपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन् ।

सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुगेपनि आपतकालीन शय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भएका थिए ।

कांग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको कांग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिए ।

एक साताअघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल लगिएकोमा सम्बद्ध चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएका थिए ।

डायलासिस गर्न थालेका उनी शनिबारसम्म अस्पतालमै रहने बताइएको छ । इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका शेर्मा नेपाली कांग्रेसको १२ औँं र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधान सभाको निर्वाचनमा सभासद् बनेका थिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment