Comments Add Comment

राजदूत कोइरालासँग प्रवासी मञ्च कतारको भेटघाट

११ अगस्ट, दोहा । प्रवासी नेपाली मञ्च कतारको नयाँ कार्यसमितिको टोलीले नेपाली नियोग कतारका राजदूत रमेशप्रसाद कोइरालासँग भेट गरी परिचात्मक कार्यक्रम गरेका छन् ।

अधिवेशन पछि पहिलो पटक मञ्चको नयाँ कार्यसमितिको टोलीले सँस्थागत प्रक्रियालाई पूरा गर्नको लागि दुतावास पुगेको थियो ।

मञ्चका अध्यक्ष चानक पोखरेल संयोजकत्वमा पुगेको टिमले पाँचौ राष्ट्रिय अधिबेशनबाट चयन भएका कार्यसमितिको सम्पूर्ण विवरण बुझाएको थियो ।

भेटमा मञ्चले गरेका गतिविधिहरुको भावी योजनासमेत बुँदागत रुपमा प्रस्तुत गरिएको थियो ।

प्रवासी नेपाली मञ्च कतारको स्थापमा सन् २००४ मा भएको थियो । दशक भन्दा लामो यात्रा गरेको मञ्चले कतारका हरेक गतिबिधीहरुमा प्रवासी नेपाली मञ्च कतारले प्रमुख जिम्मेवारी निभाउदै आएको छ ।

कतारमा हुनेहरेक गतिविधिहरुमा नेपाली राजदुतावाससँग सहकार्य गर्दै नेपाली श्रमिकहरुको हकहितका लागि नेपाल सरकारको ढोका समेत मञ्च ढकढकाउन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment