Comments Add Comment

बाढीपीडितलाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा राहत बितरण

झापा । हालै आएको बाढीका कारण प्रभावित भएका झापाका बाढीपीडितलाई अन्तराष्ट्रिय झापाली समाजले राहत बितरण गरेको छ ।

समाजका प्रतिनिधिहरुले साउन ३१ गते बारदशी गाउँपालिका अन्र्तगत पर्ने चकचकी र बिहीबारेका १ सय बाढीपीडितलाई राहत बितरण गरेको छ । यो क्षेत्रमा घाग्रा खोला र बिरिङ खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

यस्तै साउन ३२ गते गौरीगञ्ज गाउँपालिका वडा न २ को कोरोबारीका १ सय ३० परिवारलाई राहत बितरण गरिएको छ । उक्त क्षेत्रमा बिरिङ खोला र कमल खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । यसैगरी भाद्र २ गते झापा गाउँपालिका वडा न ७ को मदरसामा राहत बितरण गरिएको छ ।

समाजले प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ किलो चिनी र २ किलो नुन गरी एक परिवारका लागि २ हजार ८ सय ५० रुपैयाँ बराबरको राहत सामाग्री बितरण गरेको छ ।

जिल्ला बिपत ब्यबस्थापनको आग्रह र सिफारिस, झापा रेडक्रसको समन्वय र नेपाली सेना तथा नेपाल प्रहरी र शसस्त्र प्रहरी एवं जनप्रतिनिधिहरुको सक्रिय सहयोगमा राहत बितरण गरिएको हो ।

१८ देशमा फैलिएको झापालीहरुको साझा संस्था अन्तराष्ट्रिय झापाली समाजमा आबद्ध सदस्यहरुले संकलन गरेको राहतलाई समाजका अध्यक्ष भवानी ओलीको संयोजनमा बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment