Comments Add Comment

भदौ १३ बाट काठमाडौंमा सवारीको मेला ‘नाडा अटो-शो’


४ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १३ गतेदेखि काठमाडौंमा नाडा अटो-शो गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १३ गतेदेखि १८ गतेसम्म भृकुटीमण्डपमा अटो-शो गर्ने जानकारी दिएको छ । १२ औं नाडा अटो-शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् ।

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने जानकारी दिए ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका पनि स्टल राखिने छन् ।

नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न लागिएको अटो-शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिने छ । मेलमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ ।

मेलामा अवलोकन गर्नेमध्येबाट एकजना भाग्शाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

८७ वटा वटा संस्थाकास्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा-छुट्टै ठाँउहरू निर्धारण गरिएको श्रेष्ठले बताए । ९० वटा संस्थाका १३० वटा स्टल मेलमा रहनेछन् ।


पर्याप्त पार्किङ सुविधाका लागि यसवष्र्क बाल्मिकी क्याम्पसमा पनि पार्किङको सुविधा उपलब्ध गराइने श्रेष्ठले बताए । मेलालाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यके मह जोडीले प्रवर्द्धन गर्नेछन् ।

मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । ‘मेला गतवर्षहरुमा भन्दा थ ब्यवस्थित र भब्य हुन्छ । अटो-शोले दशैं अघि नयाँ गाडी चढ्न चाहानेहरुलाई सजिलो गराउनेछ’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment