Comments Add Comment

अब पाइनेछैन भाडामा सेक्स डल


यौन गुडिया भाडामा दिने एक चिनिया कम्पनीले व्यापक आलोचना र विवादका कारण सेवा सुरु गरेको दोश्रो दिनमै सेवा बन्द गर्नुपर्यो ।

टच नामक कम्पनीले गत हप्ता बेइजिङमा पाँच प्रकारका सेक्स डल भाडामा दिने सेवा सुरु गरेको थियो । तर उजुरी तथा आलोचना पश्चात कम्पनीले उक्त सेवा बन्द गर्ने फैसला गरेको हो ।

चिनिया सोसल मिडिया विबोमा कम्पनीले लेखेको छ –  सेवाको नकारात्मक प्रभावका लागि माफी माग्दछौँ ।

कम्पनीले सेक्स डल अश्लील नभएको दाबी गर्दै सेक्स मन पराउने मानिसहरुका लागि आगामी दिनमा पनि काम गरिरहने कम्पनीले जनाएको छ ।

दुई दिनसम्म चलेको आफ्नो सेवाप्रति मानिसहरुले निकै रुची देखाएको कम्पनीले जनाएको छ ।

चिनिया मिडियाहरुका अनुसार कम्पनीले सेक्स डलको एक दिनको भाडा शुल्क झण्डै २ हजार रुपैयाँ बराबर असुल्थ्यो ।

सेक्स डलहरु चिनिया, कोरियाली तथा रुसी महिलाको स्वरुपमा बनाइएको थियो । एउटा डल त फिल्मको वन्डर वुमनको स्वरुपमा थिो ।

सेक्स डल भाडामा लिनका लागि रकम तिरेर बुक गराइसकेका मानिसहरुलाई दोब्बर भुक्तानी सहित पैसा फिर्ता दिइने कम्पनीले जनाएको छ ।

सुरक्षित तथा स्वस्थ सेक्सलाई बढामा दिनका लागि काम गरिरहने कम्पनीले जनाएको छ । कम्पनीले यौन गुडियासँगै यौन खेलौनाहरु पनि बेच्ने गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment