Comments Add Comment

सद्भावना पार्टीद्वारा मधेसमा दुई प्रदेशको प्रस्ताव

९ भदौ काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले तराई-मधेसमा दुई प्रदेशको प्रस्ताव गरेको छ । जनकपुरमा जारी पार्टीको विस्तारित बैठकमा प्रस्तुत चुनावी घोषणा पत्रको मस्यौदामा मधेसमा मधेस र थरुहट गरी दुई प्रदेश प्रस्ताव गरिएको छ ।

मधेसमा हामीले एउटै प्रदेश बनाउँदा मधेस प्रदेश पनि राख्न सकिन्छ । मधेस थरुहट प्रदेश राख्न सकिन्छ भनेका छौं’ घोषणा पत्र मस्यौदा समितिका संयोजक लक्ष्णमलाल कर्णले अनलाइनखबरसँग भन्नुभयो-‘ जनताको इच्छा अनुसार दुई बटा प्रदेश राख्न सकिन्छ ।’ मधेस वाहेक अन्य क्षेत्रमा राज्य पुन:संरचना आयोगबाट सिफरिस भएका अनुसार पहिचानसहितको ८ प्रदेश बनाउने सद्भावनाको प्रस्ताव छ ।

आत्मनिर्णयको अधिकार, प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार भएको भन्दै उसले भनेको छ-‘आत्मनिर्णयको अधिकार, प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो । यसलाई राज्यको नियम कानुनले सिमित गरेको हुन्छ । पार्टीले प्रत्येक समुदायलाई राष्ट संघको अभिसन्धी (९.२.०) १६९ को परिधि भित्र रही प्रदान गर्न सहमत छ ।’

प्रधानमन्त्रीय प्रणालीको प्रस्ताव गरेको सद्भावनाले संघीय सरकार र अदालतको भाषा नेपाली, हिन्दी लगायत सम्पूर्ण मातृभाषा हुनु पर्ने तथा प्रदेशले आˆनो काम काजको भाषा आफै निर्धारण गर्न पाउने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment