Comments Add Comment

गायिका सम्झना लामिछाने तीज मनाउँन दुबर्इ आउँदै

उमाकान्त पाण्डे गाउंले

 अबुधाबी । अर्घाखाँचीकी कलाकार सम्झना लामिछाने मगर यसपालीको तीज मनाउन संयुक्त अरब एमिरेट्स दुबर्इ आउने भएकी छन् । अर्घाखांचीको जुकेना ९ की सम्झनाका दर्जनौ लोकभाका भिडियो सार्वजनिक भएका छन् ।

 हाल काठमाण्डौंमा बसोबास गर्दै आएकी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिका सम्झना लामिछाने मगर आगामी शुक्रबार दुबईमा हुने तीज कार्यक्रमको लागि यहाँ आउने भएकी हुन् । आफ्नै एल्बम ‘आंसु तथा सालैजो”, ‘तीजमा नाच्नेहो ढल्की ढल्की’ र सम्झना लोक भिसिडीबाट चर्चा कमाउन सफल भएकी सम्झनाले मिलन लामाको दोहोरी गीत ‘यूरोप जर्मनी’ र ‘पहिला फोनमै कुरा गर्ने’ लगायत दर्जनौ गीतिएल्बमबाट पनि ख्याति कमाई सकेकी छिन् ।

 आगामी ३० अगष्ट शुक्रबार दुबइको ईम्पिरियल स्वीट्स होटलमा अर्घाखाँची संपर्क समिति यूएई र गुल्मी सेवा समाज यूएईको सम्युत्त आयोजनामा हुन लागेको कार्यक्रममा सम्झनाले यहाँ कार्यरत सम्पूर्ण नेपालीलाई आफ्नै गाउँठाउँमा भएको महसुश गराउने छिन् ।  कलाकार मगरले गत बर्ष पनि यूएईमा रहेका नेपालीसंगै तीज मनाएकी थिईन । ‘दुबइका धेरै नेपालीको माग र अनुरोध सगैं यस बर्ष पनि उनै कलाकारलाई बोलाउने निर्णय गरियो’ आयोजक मध्येका अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment