Comments Add Comment

बैद्य चुनाव हुन नदिने षडयन्त्रमा लागे : पौडेल

विजय चालिसे 

ramchandra poudel१० भदौ, चितवन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनको नाममा देशमा गोलमाल मच्चाएको आरोप लगाउनुभएको छ । पौडेले नेकपा-माओबादीले एकपछि अर्को माग तेर्‍साएर चुनाब हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

रिपोर्टर्स क्लब नेपाल चितबन शाखाले सोमवार भरतपुर बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा पौडेलले मंसिर ४ गते हुने चुनाबलाई प्रभाव पार्ने गरी मोहन वैद्य नेतृत्वको ३३ दलीय मोचर्ाीसंग कुनै सहमति हुन नसक्ने स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो,’नेकपा-माओबादीले जनताको प्रतिनिधि छान्न पाउने अधिकारमाथि खेल्वाड गर्न पाउँदैन । ‘ पौडेलले आफूहरुले वार्ताको ढोका खुल्लै राखेको तर चुनावलाई प्रभाव पार्ने गरी कुनै सहमति बैद्य मोर्चासंग नहुने वताउनुभयो । मुलुकलाई निकास दिन चुनावको विकल्प नरहेको भन्दै पौडेलले विनाशर्त चुनावमा सहभागी हुन नेकपा-माओबादीलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment