श्रवण खनाल
 हेल्सिन्की । गैरआवासीय नेपाली संघ फिनल्यान्डले गत बर्ष सुरु गरेको स्वास्थ्यका लागि दौड कार्यक्रम यो पाली ‘सहयोगका लागि दौड’का रुपमा सम्पन्न भएको छ। संघले शनिवार आयोजना गरेको ६.२ किलोमिटर दौडमा २७ जना धावकहरुले भाग लिएका थिए। धावकहरुबाट ५ युरोका दरले शुल्क उठाइएको थियो भने उनीहरुलाई अरु नेपालीहरुले स्पोन्सोर गरेका थिए। कार्यक्रमबाट उठेको सम्पूर्ण रकम काठमाण्डुको कोटेश्वरमा अवस्थित निसहाय सेवा केन्द्र नामक ब्रिदाश्रममा खर्च गरिने भएको छ।
 उक्त कार्यक्रमबाट झण्डै दुई लाख रुपैँया जति संकलन भएको छ र उक्त रकमबाट दशैँको समयमा फिन्ल्याण्डबाट नेपाल जानुहुने कुनै प्रतिनिधिले ब्रिदाश्रममा जीवन बिताइरहनु भएका बृद्धबृद्धाहरुलाई प्रत्यक्ष भेटेर उहाँहरुको आवश्यकता अनुसारको सामाग्री किनिदिने कुरा कार्यक्रमका आयोजक एबम संस्थाका उपाध्यक्ष ब्योमा ताम्राकारले बताउनु भयो।
बिभिन्न चार चरणमा आयोजना गरिएको उक्त दौड प्रतियोगिता २४ मिनेट २६ सेकेण्डमा पुरा गरी सागर थापा समग्र रुपमा प्रथम हुनु भयो भने महिला तर्फबाट मिथिला श्रेष्ठ प्रथम हुनु भएको थियो। प्रतियोगितामा बिभिन्न समुहबाट पहिलो , दोस्रो र तेस्रो हुनेहरुलाई सँस्थाका प्रतिनिधिहरुद्वारा तक्मा प्रदान गरिएको थियो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4