Comments Add Comment

प्रचण्डविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दायर

१० भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा मुद्दा दायर गर्नु भएको हो ।

prachandaगोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रचण्डले आफ्नो पार्टीका लोकप्रिय नेताहरुलाई चुनाव लड्न नदिने षड्यन्त्र भएको भन्दै द्वन्द्वकालको मुद्दा व्यूँताए विद्रोह गर्ने चेतावनी दिनु भएको थियो । प्रचण्डले अदालतको जात के हो भन्दै सोधेको दावी गर्दै रिटमा यसबाट अदालतको अवहेलना भएको उल्लेख छ । विभिन्न सञ्चार माध्यममा आएको समचारलाई आधार बनाइ दायर रिटमा भनिएको छ-‘निज विपक्षीले उहाका कुनै पनि कार्यकर्तालाई मुद्दा चलाईए बिद्रोह गर्ने धम्की समेत दिनु भएको छ ।’

विपक्षीको उक्त भनाईले अदालतको मर्यादा एवं निष्पक्षता माथी गम्भीर आधात पुग्न गएकोले सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम यो निवेदन लिई उपस्थित भएको छु ।’ अदालतको जात सोधेर अदालतको निष्पक्षता, यसको संवैधानिक भूमिका एवं विश्वसनियतामाथि गम्भीर आघात पुर्‍याएको भन्दै रीट निवेदनमा भनिएको छ-‘निज पुष्पकमल दाहाललाई अदालतमा तत्काल सशरीर उपस्थीत गराई बयान लिई संक्षीप्त प्रकृयारा सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम हदै सम्मको सजाय गरी पाऊँ ।’

रिटमा प्रचण्डलाई अदालतमा सशरीर उपस्थित गराइ बयान लिइ सक्षींप्त प्रक्रियाद्वारा सर्वोच्च अदालतको ऐन बमोजिम सजाय गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment