१० भदौ, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि पुँजी बजार सूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक नेप्से परिसूचक आज १.३६ अंकले घटेर ५४६.६७ अंकमा झरेको छ ।
आज ११३ कम्पनीको २ हजार पटक कारोबार भएको छ । ६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भई २० करोड १७ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज वाणिज्य बैंक समूहको सूचक २.७८ अंकले घटेको छ भने बीमा समूहको सूचक ९.५६ अंकले घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ३४५ ले घटेर १३१० रुपैयाँमा कारोबार बन्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4