Comments Add Comment

नेताले अदालतमा भने : मैले लगाएको अण्डरवेयर ५० वर्ष पुरानो

भ्रष्टाचारको आरोपमा पक्राउ परेका एक नेताले अदालतसामु आफुमाथिको आरोपको खण्डन गर्ने क्रममा निकै नै चोटिलो शाव्दिक प्रमाण पेश गरे । भ्रष्टाचार गरेर निकै भव्य तथा शयलपूर्ण जिवन बिताउने गरेको आरोप लागेका ती नेताको कथन थियो-म सामान्य मान्छे हुँ, मलाई ऐश आराममा कुनै शोख छैन, मैले लगाएको भित्री सुरुवाल (लंग जोन्स) समेत ५० वर्ष अघि किनिएको पुरानो सुरुवाल हो ।

यस्तो जिकिर गर्ने नेता हाम्रो देशका भने होइनन् । चीनका कुनै बेला निकै चर्चामा रहेका र भावी राष्ट्रपतिको रुपमा समेत हेरिएका तथा गतवर्ष भ्रष्टाचारको आरोपमा पक्राउ परेर मुद्दा खेपिरहेका बो जिलाइले यस्तो जिकिर पेश गरेका हुन् ।

उनी र उनको परिवारले निकै तडकभडकपूर्ण जिवनशैली अपनाएको, उनका निजि विमान समेत रहेको, फ्रान्समा आलिशान महल रहेको तथा उनका परिवारले दुर्लभ जिवजन्तुको मासु लगायतका परिकार खाने गरेको लगायतका अभियोगको उनले खण्डन गरे ।

जिनानस्थित अदातमा चलिरहेको सुनुवाइका क्रममा बो ले सोमबार इजलाश समक्ष बोल्दै भने, ‘मलाई राम्रा कपडा लगाउने कुनै चाहना हुँदैन ।

मैले अहिले लगाएको भित्री कट्टु मेरी आमाले सन् १९६० मा मलाई किनिदिनुभएको हो । आफुले विदेशमा बनेका कपडा लगाउने गरेको कुरा अस्विकार गर्दै उनले भने, मैले लगाएको ज्याकेट र शुट दालियानको जिन्जिनस्थित कपडा कारखानामा बनेका हुन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment