+
+
Shares

जलविद्युत आयोजनामा स्थानीयको विरोध शुरु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते ८:०७

११ भदौ, बागलुङ । नेपाललाई जलविद्युतमय राष्ट्रका रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित राजधानीमा उर्जा सम्मेलन चलिरहेका बेलामा बागलुङका स्थानीय बासिन्दा भने निर्माणाधिन जलविद्युत आयोजनाको विरोधमा उत्रिएका छन् । बागलुङको गलकोटस्थित दरमखोलामा पाँच मेगावाट क्षमताको विद्युत आयोजना निर्माणका लागि कम अगाडी बढिरहेका बेलामा स्थानियहरु बिरोधमा उत्रिएका हुन् ।

Bajlung-Galkot-Kholaआयोजनको सम्भाव्यता अध्ययनका लागि विद्युत् विकास विभागबाट अनुमति प्राप्त गरेको गलकोट दरमखोला हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल नै नगरी आयोजनाको काम अघि बढाएको भन्दै बिरोधमा उत्रिएका हुन् । आयोजना निर्माण गर्दा सिँचाइका लागि पानी अभाव हुने, वातावरणीय असन्तुलन बढ्ने, खोलाबाट गिट्टी बालुवा निकालेर तथा माछा मारेर जीविकोपार्जन गर्ने आश्रति परिवारको जीवन निर्वाहमा समस्या हुने भन्दै स्थानीयले विरोध जनाएका छन् । आयोजना स्थलको सबैभन्दा बढी प्रभावित क्षेत्र मल्म गाविसका बासिन्दाले आयोजनाप्रति गुनासो जाहेर गरेका छन् ।

प्रभावित क्षेत्रका बासिन्दाले संयुक्त भेला गरी गाविस कार्यालयमा पनि विरोधपत्र पेस गर्ने तयारी गरेका छन् । आयोजनामा हुने लगानीका विषयमा पनि स्थानीयवासीले चासो व्यक्त गर्ने गरेका छन् । आयोजनाले गलकोटका हटिया, रिचौर, मल्म र काँडेवास्ाका स्थानीयवासीलाई मात्र लगानी गर्न दिनेगरी आयोजना सञ्चालन गर्ने गयारी थालेपछि अन्य गाविसले पनि लगानी गर्न पाउनुपर्ने माग गर्न थालेका छन् । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?