Comments Add Comment

दुईलाख अमेरिकनका माझ झल्कियो नेपाली संस्कृति

सूर्य थापा

न्युयोर्क । दुई लाखभन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै नेपाली कलाकाहरुले प्रस्तुति देखाएका छन् । अगष्ट २३ देखि २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा चलेको फेस्टिबलमा बरिष्ठ लोक गायक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुति देखाएका हुन् ।nepali

दौरा सुरुवाल र गुन्यु चोलीमा नेपालको झण्डा बोकेर कार्यक्रमस्थलमा उत्रिएका नेपाली कलाकारहरुको प्रस्तुतिबाट अमेरिकन तथा क्यानेडियन दर्शकहरुले रमाउँदै नाचेर साथ दिएका थिए । बिश्वका १२ देशका लोक कलाकारहरुको सहभागीता रहेको फेस्टीबलमा एशियाबाट नेपाल र चीनको मात्र सहभागीता रहेको थियो । प्रस्तुतिपछि लोक गायक महतले भन्नुभयो,’ अमेरिकन लोक फेस्टिबलमा नेपालको सहभागीताले नेपालको पर्यटनका साथै सास्कृतिक पक्षका बारेमा धेरै अमेरिकन तथा क्यानेडियनहरुलाई जानकारी भएको छ ।’
कार्यक्रममा प्रेमराजा महतले ३३ बर्ष पहिला रेर्कड गरेका गितहरु दर्शकमाझ प्रस्तुत गर्दा सबै गैर नेपालीहरु नाचेको दृश्य निकै रोचक देखिएको थियो ।

फेस्टीबलमा गायक प्रेमराजाको गीतका साथै अनु श्रेष्ठ वन्त र रञ्जन बुढाथोकीको नृत्यमा दर्शकहरु निकै रमाएको देखिन्थ्यो । फेस्टिबलमा नेपालको तर्फबाट प्रेमराजा महत सहित अनु वन्त श्रेष्ठ, राज कपुर, रञ्जन बुढाथोकी, मनोज महत, सुशील गौतम र धन गुरुङको प्रस्तुति रहेको थियो । महत मेरिल्याण्ड तथा पेन्सिलभेनियाको लागि नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत समेत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment