Comments Add Comment

राष्ट्रपतिसमक्ष मागपत्र राख्ने बैद्य माओवादीको प्रस्ताव

११ भदौ, काठमाडौं । नेकपा-माओवादीले आन्दोलनकारी ३३ दलको बैठकमा चुनाव रोक्ने आन्दोलन सुरु गर्नु अघि राष्ट्रपतिलाई भेटेर मागपत्र राख्ने प्रस्ताव गरेको छ ।

माओवादी पार्टी कार्यालय बुद्धनगरमा मंगलबार बसेको ३३ दलीय कार्यदलको बैठकमा माओवादीले वार्ता र सहमतिका लागि सहजीकरण गर्न आग्रह गर्दै राष्ट्रपतिलाईर् ज्ञापन पत्र बुझाउने प्रस्ताव गरेको हो । केही दलले भने उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख दललाई अल्टिमेटम दिन सुझाएका छन् । ‘बैद्य माओवादीले आन्दोलन थाल्नुअघि राष्ट्रपतिलाई भेटेर सहजीकरणका लागि आग्रह गर्ने प्रस्ताव आएको छ’ एक नेताले भने-‘केहीले चार दललाई अल्टिमेटम दिने भनेका छन् । यसबारे निर्णय हुन बाँकी छ ।’

३३ दलले तीज लगतै बन्द हडतालसहितको आन्दोलन घोषणाको तयारी गरेका छन् । सुरुमा क्षेत्रस्तरीय बन्द गर्ने र उम्मेदवारी दर्ताको समयमा नेपाल बन्द गर्ने तयारी भइरहेको छ । माओवादी सचिव देव गुरुङलाई आन्दोलनको कार्यक्रमको प्रस्ताव तयार पर्ने जिम्मा दिइएको छ ।

भोलि बुधबार दिउँसो बस्ने ३३ दलको बैठकले आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिनेछ । स्रोतका अनुसार समाजिक लोकतान्त्रिक पार्टीले प्रस्ताव गरेको चार दलबाहेकको नेपाली जनताको गोलमेच सम्मेलन भने असोज १० पछि मात्र गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment