Comments Add Comment

स्पेनिस सुपर कप खेल्न मेस्सी फिट

१२ भदौ, काठमाडौं । स्पेनिस सुपर कप फुटबलको दोस्रो लेगमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी खेल्न फिट भएका छन् । उपाधि भिडन्तको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।

neymar-with-messiपहिलो लेगमा १-१ को बराबरीमा सकिएको थियो । जुन खेलमा मेस्सीले चोटका कारण दोस्रो हाप खेलेनन् । ला लिगामा मालागाविरुद्धको खेलमा पनि उनलाई मैदान उतारिएको थिएन । पहिलो लेगमा एथ्लेटिको मड्रिडका लागि डेभिड भिल्लाले आफ्नो पूर्व क्लबविरुद्ध गोल गरेका थिए भने बार्सिलोनाका नेयमारले बराबरी गोल फर्काएका थिए ।

नेपाली समय अनुसार मध्यरातमा हुने खेलमा बार्सिलोनाका प्रशिक्षक जेरोर्डो टाटा मार्टिनोले मेस्सी र ब्राजिलियन स्टार नेयमारको जोडीलाई उतार्ने अनुमान गरिएको छ । यद्यपि पहिलो सेटका खेलाडीको नाम सार्वजनिक गरिएको छैन ।

खेल अघि मार्टिनोले बार्सिलोना उपाधिका साथ यो सिनज सुरुवात गर्ने तयारीमा रहेको बताएका छन् । उनले घरेलु मैदानमा उपाधि उचाल्ने दावी गरे । आज बार्सिलोना विजयी भए सिजनसँगै बार्सिलोनाको प्रशिक्षकका रुपमा मार्टिनोको पनि पहिलो उपाधि हुनेछ ।

एथ्लेटिकोका प्रशिक्षक डिएगो सिइमनले पनि आफ्नो टोली दबावमा रहेको स्वीकार गरेका छन् । यद्यपि जितका लागि प्रयास गर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment