Comments Add Comment

विद्यालयमा शिक्षक नियुक्ति नभएपछि शिक्षा कार्यालयमा ताला

रविन भट्टराई

१२ भदौ, ताप्लेजुङ । ताप्लेजुङको तापेथोक गाबिसमा रहेको कञ्चनजंघा प्राथमिक विद्यालयमा तृतीय श्रेणी करारमा एक वर्ष वितिसक्दा पनि शिक्षक नियुक्ति नगरेको भन्दै स्थानियले आज देखि जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दि गरेका छन् ।

स्थानिय अभिभावक तथा विद्यार्थीले शिक्षक नियुक्तिका लागि संघर्स समितिले गठन गर्दै आज विहानै जिल्ला शिक्षा कार्यालयमा तालाबन्धि गरी आन्दोलन सुरु गरेको समेत बताएका छन् । जिल्ला शिक्षा कार्यालयलाई पटक-पटक शिक्षक नियुक्तिको निवेदन विद्यालय व्यवस्थापन समिति र जनसमुदायले अनुरोध गरे पनि चासो नदिएको भन्दै आज देखि अनिस्चितकालिन तालाबन्दि गरेको संघर्स समितिका संयोजक मनिस हेल्लोकले जानकारी दिनुभयो ।

भाद्र ६ गते तापेथोक संघर्ष समितिले भाद्र ११ गतेसम्म शिक्षक नियुक्तिको अल्टिमेटम सहितको मागको ज्ञापन-पत्र बुझाएपनि सुनुवाई नभएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको उहाँले बताउनुभयो ।

विद्यालयमा शिक्षक नियुक्ति नहुदा अभिभावकले एक वर्ष देखि विद्यालयमा ताला लागेका छन् भने सो विद्यालयमा पढ्ने १ सय ५० विद्यार्थीको भबिष्य अन्योलमा परेको छ । सो विद्यालयका शिक्षक बुद्धराज लिम्बु गतबर्ष भदौंमा नजिकैको पार्बती निमावि सरुवा भएपछि विद्यालयमा अहिले सम्म कुनै शिक्षक नियूत्ती गर्न नसेको पार्बती निमाबीका प्रधानाध्यपक कमल लिम्बुले बताउनुभयो ।

पाँच महिना अगाडी शिक्षकको पदपुर्तिकालागि विज्ञापन खोलिएको र ४ जना उमेद्धारले आवेदन दिए पनि अहिले सम्म सो परिक्षा हुन नसेको सो बिद्यालयका निमित्त प्रधानअध्यापक लिम्बुले बताउनुभयो ।

यता जिल्ला शिक्षा अधिकरी दामोदर प्रशाद आचार्यले भने विद्यालयमा विबाद भएको कारण शिक्षा कार्यालयमा नै परिक्षा गराउने भनेको बताउनु भयो । उता उमेरद्धारहरुले भने श्रोत केन्द्र सरस्वाती च्यारीबुक उच्च माविमा नै परिक्षा हुनु पर्ने माग राखेको स्थानीय अभिभावकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment