Comments Add Comment

एनआरएन युकेको विशेष साधारणसभा सम्पन्न

लण्डन । गैर आवासीय नेपाली संघ युकेको नयां निर्वाचन समिति घोषणा गर्दै विशेष साधारणसभा सम्पन्न भएको छ । वर्तमान उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पुरानो निर्वाचन समिति भंग गरी नयां निर्वाचन समिति समेत गठन गर्‍यो । साधारणसभामा अध्यक्ष पदका अर्का प्रत्यासी सुर्य नेम्वाङ समुह समेत सहभागि थियो ।डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा बनेको नयां निर्वाचन समितिको सदस्य सचिवमा पुर्ण लक्सम रप्रवक्तामा विपिन निरौलालाई ल्याइएको छ । समितिका अन्य सदस्यहरुमा चण्डिका राई, ठाकुर प्रसाद शर्मा, नरेश काङवाङ राई, शिवजी श्रेष्ठ, भोजप्रसाद गुरुङ, आशिष पन्त, होम शर्मा, नविन सापकोटा, कल्पना आङबुहाङ, कुश बस्नेत, चित्र बहादुर गुरुङ र देवीमायां पुन रहेका छन ।

 पुरानो निर्वाचन समिति भंग भएको घोषण गरेपनि सबैपक्षहरुसंग वार्ता प्रकृया जारी राख्ने भेलाले निर्णय गरेको छ । त्यस्तै डा. पदम सिखडा, डा. विजन पन्त, श्रीप्रसाद लिम्बु, कर्ण शाही, डम्बर लिम्बु, तेज राई, सम्पुर्णनन्द ढुंगाना, चेतनाथ खनाल, डा.चन्द्र लक्सम्बा, शुरेसजंग शाह, अर्क तिमिल्सीना, विनोद मोक्तान, जंग सुनुवार, विज्ञान प्रसाई, चित्र बहादुर गुरुङ, विश्वास दिप तिंगेला, दलप्रसाद थापा लगायतले निर्वाचन पर्यवेक्षण गर्ने बताइएको छ । पुर्ण लक्समले निर्वाचन समिति तथा पर्यवेक्षकहरुको नाम सार्वजनिक गरेका थिए । एनआरएनए युकेको आगामी साधारणसभाले संस्थाको सदस्यता शुल्क कटौती गरी यसलाई पांच अथवा तिन पाउण्डमा झार्ने बताइएको छ ।

 निर्वाचन समितिको संयोजक चयन भएपछि पौडेलले निर्वाचनमा जुनसुकै समुहले जितेपनि आफुलाई मान्य हुने बताउंदै निर्वाचन प्रजातानित्रक र स्वच्छ बनाउने दृढता व्यक्त गरे ।भेलामा उपाध्यक्ष कंडेलले सहभागिहरुप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका थिए । एनआरएन यो अवस्थामाआउनुका कारणहरु प्रष्ट भइसकेको र बैधानिक उपचारका लागि साधारणसभा बोलाइएको उनले जिकिर गरे । भेलाले चुनाव समिति भङ्ग गरी नयां समिति गठन गरेको जानकारी दिंदै उनले पुरानो समितिको कुनै औचित्य नभएको प्रष्ट्याए । एनआरएनलाई सबै जात, क्षेत्र, भाषा र लिंगलाई समेट्ने गरी काउन्सीलको अवधारणामा विकास गरीने उनले बताए । सबै बेलायतवासी एनआरएनहरुको साझा एनआरएन बनाउन आफु लालायीत भएको उनको भनाईथियो । यो दिन इतिहासको पानामा लेखिने उनले विश्वास लिए ।

अध्यक्षका अर्का प्रत्यासी सुर्य नेम्वाङ एनआरएनए युकेमा आफुहरु नै संस्थापक पक्ष बन्नुपर्ने बताउंदै यहां डाक्टर, प्रोफेसर, इञ्जिनीयर को छैन ? प्रश्न गरेका थिए । उनले एनआरएनए युकेका आफुहरु नै संस्थापक भएको जिकिर समेत गरे । आजको यो ऐतिहासीक दिनलाई cmभै ऐतिहासीक बनाउनुपर्ने औंल्याउंदै उनले नयां बन्ने निर्वाचन कमिटि राम्रो हुने विश्वास लिए ।सल्लाहकार श्रीप्रसाद लिम्बुले पांचौं महाधिबेशनको पुर्व सन्ध्यामा केहि असहमती सृृजना हुनु दुख लाग्दो भएको बताए । उनले समाजमा यस्तो समस्या सृजना हुनु त्यति ठुलो नभएको जिकिर गर्दै यसका विकल्पहरु खोज्नुपर्ने बेला आएको औंल्याए । सहमती र सहकार्य नै सबैभन्दा उत्तम विकल्प भएकोले सल्लाहकारको नाताले आफु पहल गर्न तयार रहेको बताए ।

सो अवसरमा चण्डिका राईले एनआरएनए बेलायतले अंगाल्नुपर्ने प्रस्तावित विधानबारे चर्चा गरेका थिए । उनले एनआरएनलाई काउन्सीलको अवधारणामा लैजानुपर्नेमा जोड दिए । काउन्सीलमा बेलायतभर रहेका जातीय क्षेत्रीय, तथा भाषीक संगठनहरुलाई समेटिइने उनको भनाई थियो ।नवगठित नागरिक समाजका अगुवा डा. चन्द्र लक्सम्बाले भइरहेको नागरिकता बचाउने सन्दर्भमा एनआरएनए लाग्नुपर्ने बताए । दोहोरो नागरिकता लिन मिल्ने देशहरुमा यो नियम लागु हुनुपर्ने उनको माग थियो । एनआरएनमा १० पाउण्डले मतदाता किन्ने पहिलाको कार्यसमितिले बनाएको वाताबरणबाट अहिले मुक्त भइएको उनले बताए । बेलायतमा रहेका सबै जातजाती मिलेर बस्नुपर्नेमा उनले जोड दिए ।

जनजाती महासंघ बेलायतका महासचिव नरेश काङमाङ राईको संञ्चालनमा सम्पन्न कार्यक्रममा एनआरएनए युकेका सल्लाहकार विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए ।सो अवसरमा एनआरएनए युकेका सल्लाहकारहरु कर्ण बहादुर शाही, एनबीए युकेका अध्यक्ष नरेन्द्र कंडेल, तमु समाज युकेका संस्थपक चित्र बहादुर गुरुङ, सुवास सिंह गुरुङ, एनआरएन युके उपाध्यक्ष्ँका प्रत्यासी हिराधन राई, महासचिवका प्रत्यासी राजकुमार त्रिपाठी, नवगठित नागरिक समाजका अध्यक्ष्ँ डा. चन्द्र लक्सम्बा, जी गेसाका अध्यक्ष बुद्धिराम थापा, नेकपा-माओवादीकी नेतृ शोभा पटेल, आदीवासी जनजाती महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापा, विष्णु प्रसाद वाग्ले, एनआरएनए ब्रुनाईका अध्यक्ष विश्वास द्धिप तिंगेला, एनपीसीसी युकेका पुर्व अध्यक्ष डा. पुरुषोत्तम पौडेल, साउथ ईष्ट लण्डन शाखाका अध्यक्ष भोज प्रसाद गुरुङ, किरांत सुनुवार सेवा समाज युकेका जंग सुनुवार, गेसोका केन्दि्रय सदस्य धर्म तामाङ, यति एशोसियसन युकेका पुर्व महासचिव शुरेसजंग शाह, संघिय समाजवादी पार्टी युकेका भगवान चाम्लिङ, छत्रकला राई, डा. कविताराम श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।कार्यक्रममा एनआरएनए आइसीसी सदस्य राजन कंडेल, तमु प्येल्हुसंघ युकेका अध्यक्ष सोम त्होर्जे तमु, समाजसेवीहरु हरी गुरुङ, कृष्ण आले लगायत करीब तिनसय भन्दा बढि सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment