Comments Add Comment

डलर बढेर भारतमा आर्थिक संकटको खतरा

१२ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्यले सन् २०१३ मा सातौं रेकर्ड कायम गर्दै बुधबार अहिलेसम्मको उच्च बिन्दुमा पुगेको छ । आज बिहान पछिल्लो कारोबार हुँदा भारतमा डलरको बिक्री मूल्य ६८.७५ भारु अर्थात ११० नेरु पुगेको छ ।

Doller-Photo

भारुको मूल्य मंगलबारको तुलनामा बुधबार एक बिहानमै २५८ पैसे अर्थात ४१२ पैसाले अवमूल्यन भएको छ । बिहान भारतमा बजार खुल्दा डलरको मूल्य ६७.०६ भारु अर्थात १०७.१२ रुपैयाँ कायम भएको थियो । बुधबार बजार बन्द हुँदा डलरको मूल्य ६६.२४ भारु अर्थात १०५.९८ रुपैयाँ कायम भएको थियो ।

डलरको मूल्य एक हप्तामै ८ प्रतिशतले बढेको हो । यो वर्षमा मात्र डलरको मूल्य १९ प्रतिशतले वृद्धि भइसकेको छ । जर्मन बैंक डच बैंकले एक महिनाभित्र भारु अवमूल्यन भई एक डलर बराबर ७० भारु अर्थात ११२ रुपैयाँ पुग्ने प्रक्षेपण गत हप्ता गरेको थियो । डिसेम्बरसम्ममा डलरको मूल्य पुनः तल झर्ने प्रक्षेपण पनि उसले गरेको छ ।

भारतमा डलरको मूल्य केही हदसम्म बढ्नु स्वाभाविक भए पनि अहिले मनोवैज्ञानिक प्रभावको कारण अस्वाभाविक रुपले बढेको विश्लेषकहरुले बताएका छन् । केही महिनामा यो मूल्य यथार्थ बिन्दुमा आउने उनीहरुको अपेक्षा छ । यद्यपि डलरको मूल्य झरेर यसअघिको विन्दुमा भने आउने छैन । ५५ देखि ५७ भारु अर्थात ८८ नेरुदेखि ९१ नेरुको बीचमा डलरको मूल्य रहने अनुमान गरिएको छ ।

नेपाल र भारतबीच स्थिर विनिमय दर रहेको कारण नेपाली बैंकहरुले भारतमा भएको कारोबारको आधारमा नेपालमा डलरको मूल्य तय गर्ने गर्दछन् । तर आज नेपालमा सार्वजनिक बिदा रहेको कारण बैंकहरुले डलरको मूल्य तोकेका छैनन् ।

भारतमा आर्थिक संकटको खतरा

भारतमा डलरको मूल्य, चालू खाता घाटा, सुनको मूल्य र खाद्य वस्तुको मूल्यमा भएको उच्च वृद्धिले आर्थिक संकटको खतरा औंल्याइएको छ । भारतमा स्वदेशी उद्योगहरु पनि समस्यामा पर्ने थालेको समाचार आउन थालेका छन् । विदेशी लगानी फिर्ताको क्रमले पुँजी बजार सूचकमा पनि भारी गिरावट आएको छ ।

पुँजी बजार सूचक सेन्सेक्स मंगलबार एकै दिन ४७३.१४ अंक घटेको छ भने निफ्टी २०० अंकले घटेको छ । सेन्सेक्स एक महिनामा १५०० अंक अर्थात ८ प्रतिशतले घटेको छ । आज बुधबार चालू रहेको कारोबारमा दुवै पुँजी बजार सूचकमा हिजोभन्दा उच्च गिरावट देखिएको छ । मंगलबार मात्र पुँजी बजारबाट १३ अर्ब ७४ करोड भारुबराबरको विदेशी मुद्रा बाहिरिएको अनुमान गरिएको छ ।

सुनको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । दश ग्रामको मूल्य २४ हजार ५ सय भारु पुगेको छ । भारतमा कूल आयातमध्ये सुनको हिस्सा १० प्रतिशत नाघेपछि सरकारले आयातमा कडाइ गरेको छ । पेट्रोलियम र बहुमूल्य धातु आयात मात्र कूल आयातमा ४० प्रतिशत नाघेको छ ।

अमेरिकाले सिरियामाथि आक्रमण गर्ने सम्भावना बढेपछि फ्यूचर मार्केट्समा तेलको मूल्य बढेको छ । न्यूयोर्कको प्रमुख करार वेष्ट टक्सास इन्टरमिडियट -डब्लूटीआई) ले अक्टोबरमा डेलिभरी हुने तेलको मूल्य १०६.४९ डलर तय गरेको छ ।

भारतीय अर्थमन्त्री पि चिताम्बरमले अमेरिकी सरकारको निर्णयको कारण भारतमा असर देखिएको दाबी गर्नुभयो । ‘अमेरिकाको निर्णयको कारण असर पर्ने मुलुक भारत एक्लो होइन, अन्य उदयीमान बजारले पनि हामीले जस्तै समस्याको सामना गरिरहेका छन्’, उनको भनाइ थियो, ‘यथार्थ मूल्यभन्दा भारुको मूल्य धेरै तल झरेको हुनाले केही समयमा सच्चिने छ ।’

भारतले खाद्य सुरक्षा विधयेक पारित गरेको बाबजुद चालू खाता घाटा जीडीपीको ४.८ प्रतिशत पुग्ने अर्थ मन्त्रीले उल्लेख गरे । चालू आवमा सरकारले खाद्य सुरक्षामा ९ खर्ब भारु बजेट छुट्टाएको छ । त्यसमध्ये १ अर्ब भारु खाद्य सुरक्षा बिधयेक कार्यान्वयन गर्न लाग्ने छ । जसले गर्दा पूरक बजेट आवश्यक पर्ने सम्भावना रहेको छ ।

भारतमा खाद्य सामग्रीमा भएको मूल्य वृद्धिबाट जनतालाई राहत दिन उक्त ऐन ल्याइएको हो । नयाँ ऐनले एक व्यक्तिको लागि मासिक ५ केजी चामल, पिठो र गेडागुडी क्रममः ३, २ र १ भारुमा उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment