Comments Add Comment

वार्ता र अनशन सँगसँगै : गिरी

sarita giri१२ भदौ, काठमाण्डौ । नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले आमरण अनशनसँगै वार्ता जारी राख्ने बताउनुभएको छ । क्ष गिरी आमरण अनशन बसेको बुधवार १६ औँ दिनमा आमरणस्थल रत्नपार्कस्थित शान्तिवाटिकामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै भन्नुभयो, “सरकारले मङ्गलबार आमरण अनशन तोडेर वार्ताका लागि आमन्त्रण गरेको छ, ढिलै भए पनि सरकारले वार्तामा आमन्त्रण गर्नु सकारात्मक हो, तर वार्ता र अनशन सँगसँगै लैजान्छौँ ।”

आफ्नो पार्टीले उपाध्यक्षको नेतृत्वमा तत्काल वार्ता टोली गठन गरी सरकारलाई जानकारी दिइने उहाँको भनाइ थियो । अध्यक्ष गिरीले आफ्नो नियमित स्वास्थ्य परीक्षण भइरहेको र अहिले स्वास्थ्य अवस्था सामान्य भएको समेत जानकारी दिनुभयो ।”

मधेसी जनअधिकार फोरम (नेपाल), राष्ट्रिय मधेस समाजवादी पार्टीसँग भएको छबुँदे सहमति खारेज गर्नुपर्ने, संविधानसभामा महिलाको ३३ प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, नागरिकताविहीन मधेसीलाई नागरिकता उपलब्ध गराउनुपर्ने, सिरहामा सामाजिक सद्भाव कायम गरी सयौँ विस्थापितलाई पुनःस्थापित गर्नुपर्नेलगायत ३० सूत्रीय मागसहित गत साउन २७ गतेदेखि उहाँ अनशन बस्दै आउनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment