Comments Add Comment

सुत्केरीको ज्यान गएपछि अस्पताल तनाबग्रस्त

१२ भदौ, अर्घाखाँची । सुत्केरी महिलाको ज्यान गएपछि जिल्ला अस्पताल सन्धिखर्क तनाबग्रस्त बनेको छ । सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल सन्धिखर्क आएकी गोखुङ्गा-७ की सविता पन्थीको सुत्केरी भइसकेपछि ज्यान गएपछि जिल्ला अस्पतालमा तनाब उत्पन्न भएको हो ।

डाक्टरको लापरबाहीका कारण सुत्केरी महिलाको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीय बासिन्दाले विरोध तथा नाराबाजी गर्दा लाठी प्रहार गरी भीडलाई नियन्त्रणमा लिने प्रयास प्रहरीले गरेपछि प्रहरी र बिरामीका आफन्तबीच झडप भएको थियो । बिहान अस्पतालमा ल्याएकी महिलाको सात बच्चा जन्मिएको थियो । बच्चा जन्मिएको छ घण्टापछि महिलाको मृत्यु भएको हो । सुत्केरी भएपछि भएको अत्यधिक रक्तश्रावका कारण बिरामीको ज्यान गएको बताइएको छ ।

मृतकका आफन्तलाई वार्तामा ल्याएर सहमति गरी बिबाद मिलाउन प्रहरीले पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएको, सुत्केरीको पाठेघर नखुम्चिएको र पाठेघर झिकेर फाल्ने विधि जिल्ला अस्पतालमा नभएकाले विरामीको ज्यान गएको जिल्ला अस्पतालका डा नवीन दर्नालले बताउनु्भयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment