Comments Add Comment

अधिकारी दम्पत्तिलाई अनशन तोड्न रेग्मीको आग्रह (भिडियोसहित)

१३ भदौ, काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहीबार विहानै वीर अस्पताल पुगेर भेट गर्नुभएको छ । भेटमा रेग्मीले दोषीलाई राज्यले कानुनी कारवाही गर्ने आश्वासन दिँदै अनसन तोड्न आग्रह गर्नुभएको छ ।khil-raj-regmi-observing-Adhikari-couple's-medical-prescriptions

जनयुद्धकालमा माओवादी कार्यकर्ताले आफ्ना छोराको हत्या गरेको र उनीहरुमाथि कारवाही नभएको भन्दै वयोवृद्ध नन्दलाल र गंगामाया अधिकारी लामो समयदेखि आमरण अनसनमा छन् । उनीहरुको अवस्था कमजोर भएपछि वीर अस्पतालमा राखिएको छ । ‘घटनाका बारेमा अनुसन्धान र न्यायिक प्रक्रिया अगाडि बढेको छ, त्यसकारण तपाईहरुले अहिलेको स्थितिमा आफ्नो जीवन रक्षाको लागि खानेकुरा, औषधि खानोस्, त्यो महत्वपूर्ण हो ।’ रेग्मीले भन्नुभयो,-‘राज्यले न्यायोचित हिसाबले कानुनी प्रक्रिया अगाडि बढाएको अवस्था छ, यो कुरामा आश्वस्त भएर अनसन अन्त्य गर्नोस् ।’

अधिकारीको हत्याबारे गाउँलेसँग सोधपुछ
जिल्ला प्रशासन कार्यालय गोरखाले फुजेल गाविस-७ का कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा फुजेलका गाउँलेसँग सोधपुछ गरेको छ । गाउँका प्रत्येक घरधुरीका मानिस झिकाएर घटनाबारे प्रारम्भिक जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीले बताउनुभयो । कृष्णप्रसाद अधिकारीको चितवनमा हत्यापछि गाउँलेले बाबुआमाल्ााई घरमा बस्न नदिएको, बस्तुभाउ गोठमा नै मार्न बाध्य पारिएको भनिएको घटनाबारे गाउँलेसँग जानकारी लिइएको हो ।
मृतक अधिकारीको घर ठेगानामा प्रहरी कर्मचारी खटाई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रजिअ कार्कीले बताउनुभयो । गाउँमा उनीहरूको अवस्था र  गाउँलेले गरेका व्यवहारबारे जानकारी दिइएको फुजेलबाट आएका टङ्क अधिकारीले बताउनुभयो ।
फुजेल-७ बस्ने नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसादको विसं २०६१ जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका-१ बकुलहरचोकमा अज्ञात व्यक्तिबाट हत्या भएको थियो ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment