Comments Add Comment

यसरी मनाइयो टुँडीखेलमा गौरा पर्व (फोटो फिचरसहित)

१३ भदौ, काठमाडौं । सुदूरपश्चिम एवं मध्यपश्चिमका जनताले मनाउने महान चाड गौरा पर्वको विशेष धार्मिक महत्व छ । गौरापर्वको प्रारम्भमा राजधानीलगायत पश्चिम नेपालमा विगतका वर्षहरुमा जस्तै विविध सांस्कृतिक रमझम देखियो । गौरा पर्व के हो र किन मनाइन्छ भन्ने प्रश्नको आफ्नै धार्मिक एवं ऐतिहासिक मिथक रहेको छ ।

त्रेतायुगमा अयोध्याका राजा नहुसकी रानीका सन्तान जति जन्मिए त्यति नै मर्न थालेपछि सार्‍है चिन्तित बनेकी रानीलाई आफ्नी गुरु आएर गोःरा पर्वको ब्रत गर्न भनी भनिएको कुरालाई मनन् गरी अमुक्ता भरण सप्तमीका दिनमा ब्रत बसेपछि यसपछि जन्मेका सबै सन्तान बाँचेको र चिरन्जीवी भएको कथनका आधारमा गोःरा पर्व मनाउने गरिएको भविष्य पुराणलाई उधृत गर्दै संस्कृतिविद् आरडी प्रभास चटौत बताउनुहुन्छ ।

gauraa-1

यस्तै द्वापर युगमा देवकीका सन्तानलाई एक/एक गरेर कसैले मार्न थालेपछि कसरी सन्तानलाई बचाउने भनेर चिन्तित रहेकी देवकीलाई गुरु आएर गोरा पर्वको ब्रत गर्नु भनेपछि कृष्णअष्टमीको दिनमा ब्रत गरेपश्चात् सन्तानलाई कसैले मार्न नसकेको र सबै सन्तानको रक्षा गरेको स्मरणमा गौरा पर्व मनाउने गरेको संस्कृतिविद् चटौतको भनाइ छ ।

गौराका दिन विरुडा (गहुँ, केराउ, भटमान, दाल भिजाई राखिएको) प्रसादको रूपमा खाने र सबैलाई वितरण गर्ने चलन रहेको छ । जति टाढा बसे पनि विरुडाको दुई गेडा भए पनि प्रसादको रूपमा आफ्ना सन्तान, आफन्तहरूलाई वितरण गर्नुपर्ने चलन छ ।

gauraa-4

टुँडीखेलमा नेताहरुको गौरा

प्रशंसा संरक्षण समूहद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री छविराज पन्तले विगत गौरा पर्व सुदूर पश्चिमको पहिचान भएको बताउँदै यसको संरक्षण, सम्बर्द्धन र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक अहिले अत्यन्तै सङ्क्रमणकालमा रहेको बताउँदै छिट्टै निर्वाचन भएर संविधान बनेमा नेपालमा शान्ति हुने आशा व्यक्त गर्दै गौरा पर्वले सबैलाई सुखः शान्ति र समृद्धि प्रदान गर्न सकोस् भनी कामना व्यक्त गर्नुभयो ।

gauraa-13

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मध्यपश्चिम र सुदूरपश्चिमको ठूलो चाडका रूपमा रहेको गौरा पर्व संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

समूहका यज्ञराज उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुदूर पश्चिम तथा मध्यपश्चिम क्षेत्रबाट विगत वर्षहरूमा मन्त्री हुनेहरू चन्द्रदेव जोशी, भानुभक्त जोशी, लेखराज भट्ट, भीम रावल, खेमराज भट्ट मायालुलगायतले गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमको पहिचानको रूपमा रहेको एक मात्र पर्व भएको र त्यसलाई संरक्षण र सम्बर्द्धन गर्नमा सबैको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।

gauraa-10

gauraa-15

gauraa-16

gauraa-17

gauraa-7

gauraa-8

gauraa-9

gauraa-11

gauraa-12

gauraa-18

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment