Comments Add Comment

‘श्रीलंकाको समस्या र नेपालको समस्या उस्तै’

१३ भदौ, काठमाडौं । मधेशका नेता, बुद्घजिीवि तथा अधिकारकर्मीले संघीयता र समावेशिकताकै सिद्धान्त अनुसार मधेशीलगायत उपेक्षित समुदायको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

मधेशी पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘तमिल राष्ट्रिय आन्दोलन, संविधानमा संशोधन र नेपालले सिक्नुपर्नै पाठ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रीलंकाका विद्वान रोहन एडि्रसिन्हाले नेपाल श्रीलंकाभन्दा बढी विविधतायुक्त भएकोले यहाँ संघीयता अझ बढी औचित्यपूर्ण रहेको बताउनुभयो । श्रीलंकामा तमिलहरुको मागको सम्बोधन संघीय व्यवस्थाद्वारा गरिनुपर्नै पक्षमा आफू अझै पनि रहेको उल्लेख गर्दै संघीयतासम्बन्धी ज्ञाता एडि्रसिन्हाले संघीयतामा जाँदा स्थानीय निकायलाई भने अधिकारसम्पन्न बनाउनबाट चुक्नु नहुने धारणा राख्नुभयो ।

उहाँले मंसिर ४ गते नै चुनाव हुने पर्ने कुरामा जोड दिनुभयो । जतिसक्दो सविधानसभाको चुनाव गराएर सविधान निर्माण गरिसक्नु पर्ने धारणा राख्दै उहाँले सविधान निर्माण गर्न जति ढिलो हुन्छ त्यति नै समस्या उत्पन्न हुने धारणा राख्नु भयो । उहाँले नेपालको मधेश र श्रीलकांको तमिलको राजनीतिक समस्या उस्तै उस्तै रहेको बताउँदै मधेशीको अधिकार पूरा हुनुपर्ने कुरामा जोड दिनुभयो ।

राजनीतिक शास्त्रका प्राध्यापक एवम् पूर्व राजदूत विजयकान्त कर्णले उपेक्षित समुदायको पहिचान, राजनीतिक अधिकारका साथै आर्थिक सरोकारको सम्बोधनका लागि संघीयता र समावेशीकताको मान्यताबाट नेपालका पार्टीहरु पछाडि र्फकन नहुने बताउनु भयो । उहाँले विकासको क्रममा रहेको नेपालमा संघीयता अपरिहार्य रहेकाले अधिकारसम्पन्न संघीयता ल्याउनमा दलका नेताहरुले बढी पहल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले श्रीलंकामा अधिकारका लागि संघर्षरत तमिल र नेपालमा अधिकारका लागि संघर्षरत मधेशी जनताको एजेण्डा एउटै रहेको बताउँदै मधेशीभन्दा तमिलहरु आफ्नो मागप्रति बढी संवेदनशिल र प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मधेशवादी दललाई अमृतलिगंम प्रवृति भन्दै रातो क्रस चिन्ह लगाउनु भएको थियो । मधेशवादी दल जस्तै श्रीलंकाका तमिलहरुको नेता अमृतलिगंम अधिकारको लागि संघर्ष गरेका नेता हुन् । तमिल टाइगर्सले शान्तिपूर्ण संघर्षले अधिकार प्राप्त हुँदैन भन्दै अमृतलिगंमलाई सशस्त्र आन्दोलनमा आउन आग्रह गर्दा त्यसको कुनै सुनुवाई नगरेपछि टागर्सले उहाँलाई हत्या गरेको थियो । शान्तिपूर्ण संघर्षमा रहेका मधेशवादी दललाई गुप्ताले अमृतलिगंमको संज्ञा दिँदै युवाहरुलाई मर्ने र मार्ने आह्वान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment