+
+
Shares

काठमाडौंको फोहोरबाट १६ मेघावाट बिजुली निकाल्ने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ९:१७

काठमाडौं । ६ महिनाभित्रमा राजधानी काठमाडौं लोडसेडिङबाट मुक्त ? झट्ट सुन्दा अपत्यारिलो मात्र होइन, हावादारी लाग्न सक्छ । तर, निजी क्षेत्रको एउटा कम्पनीले काठमाडौं उपत्यकालाई ६ महिनाभित्रमा लोडसेडिङ मुक्त गर्न सकिने दाबी गरेको छ । त्यो पनि राजधानीको दुर्गन्धित फोहोरबाट ।

“हामीले काठमाडौं उपत्यकाबाट निस्कने फोहरबाट १६ मेगावाटसम्म विजुली निकाल्न सकिने सपना देखेका छौं ।” विगत दुई वर्षदेखि यसबारेमा विस्तृत अध्ययन गर्दै आएको बालाजी बायोमास बि्रकेट इनर्जी कम्पनी प्रा.लि.का प्रोपाइटरमध्येका राम कुँवर भन्नुहुन्छ, “हामी यो प्रविधिबाट ६ महिनाभित्र सिंगो उपत्यकालाई लोडसेडिङ मुक्त हुने गरी बिजुली उत्पादन गरेर देखाइदिन सक्छौं ।”

DSC_0349फोहोरबाट ब्रिकेट बनाउने र त्यसलाई धुँवारहित भट्टीमा पोलेर बिजुली निकाल्ने लक्ष्य लिएको उक्त कम्पनीले हालको ल्याण्डफिल्ड साइटबाट सय मिटरनजिक अर्थात् नुवाकोटको ओखरपौवामा २६ रोपनी जग्गा लिजमा लिएको छ । निर्माणको कामका लागि चाइनिज कम्पनीसँग सम्झौतासमेत भइसकेको कुँवर बताउनुहुन्छ ।

“ट्रकले फोहोर ठूलो घरभित्र खन्याउँछ, त्यसबाट मेसिनले प्लास्टिक र अन्य फोहोर छुट्याउँछ र त्यसरी छुट्याएको प्लास्टिक पुनःप्रसोधनका लागि जान्छ र सोही फोहोरबाट ब्रिकेट बन्छ ।” जलविद्युत उद्यमीसमेत रहेका कुँवर आफ्नो कम्पनीको योजना बारेमा भन्नुहुन्छ, “यसबाट ओखरपौवावासीले दुर्गन्धबाट पनि सधैँका लागि मुक्ति पाउँछन् र सरकारको टाउको दुखाइ पनि समाप्त हुन्छ ।”

सुरुमा एउटा मेसिन राख्ने र त्यसबाट ३.५ मेगावाट अर्थात् ३५ सय किलोवाट विजुली उत्पादन हुने र त्यसपछि तीन-तीन महिनामा मेसिन थप्दै जाने कँवरको लक्ष छ । उहाँको निष्कर्ष काठमाडौं उपत्यकाको फोहोरबाट १६ मेगावाट विजुली निकाल्न सकिने भन्ने छ । “जनता लोडसेडिङको मारमा बस्नु परिरहेको छ, फोहोरको समस्या तीन-तीन महिनामा बल्भिmरहन्छ । तर, हामी दीर्घकालीन समाधान गरेर देखाइदिन सक्छौँ ।” कुँवरले भन्नुभयो ।

सरकारसँग आग्रह

सरकारसँग कुँवरको अपेक्षा पनि उति ठूलो छैन- उत्पादित विजुली विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा जोड्ने ग्रिड (सवस्टेशन) र कम्पनीको जग्गा भएको ठाउँमा पुग्न करिव डेढ करोडलागतको एउटा पुल बनाइदेऊ । त्यसका लागि अर्थमन्त्रीले बजेट भाषणमा ३० करोड बजेट छुट्इसकेको भए पनि निकासा नगरेको कुँवरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?