+
+

मोतिको सम्झनामा गजलमय कतार (फोटोसहित)

दोहा । एनआरएन एनसिसि कतारको चुनावी सगर्मीले छोईरहेको बेला सर्जकहरु भने मोतीलाई सम्झदै गजलमा रमाएका छन् । १४८ औँ मोति जयन्ती तथा मुग्लानी सौगातको मासिक नियमित वाचन श्रृखलाको रजत जयन्तीको अवसर पारेर गत शुक्रबार आयोजना भएको खुल्ला गजल प्रतियोगीता-२०७० मा पाँचथरका गजलकार खगेन्द्र खिलाफीले मोतीको समर्पणमा सुनाएको ग

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ६:४२

भोला थापा क्षेत्री

दोहा । एनआरएन एनसिसि कतारको चुनावी सगर्मीले छोईरहेको बेला सर्जकहरु भने मोतीलाई सम्झदै गजलमा रमाएका छन् ।

‘दुई शब्द समर्पण मोती तिमीलाई
श्रद्धा सुमन छ कोटी, कोटी तिमीलाई… १४८ औँ मोति जयन्ती तथा मुग्लानी सौगातको मासिक नियमित वाचन श्रृखलाको रजत जयन्तीको अवसर पारेर गत शुक्रबार आयोजना भएको खुल्ला गजल प्रतियोगीता-२०७० मा पाँचथरका गजलकार खगेन्द्र खिलाफीले मोतीको समर्पणमा सुनाएको गजलको शेर हो माथीको गजल । सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्चा लामाको सभापतित्वमा भएको उक्त गजल कार्यक्रममा २७ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।1

 देशको बर्तमान परिपेक्षलाई गजलमा टपक्क उनेर ल्याएका खोटाङका गजलकार लेख कार्की’अन्योल’ले उक्त गजलबाट २७ प्रतिस्पर्धीहरुमा पछिपार्दै प्रथम हुन सफल भए । प्रथम स्थान संगै रु. ८ हजार र प्रमाण पत्र हातपारे । खोटाङकै गजलकार विक्रम ‘चेतनशिल’ राईले दोस्रो स्थान हासिल गर्दै रु. ६ हजार र प्रमाणपत्र ,मधुमल्ल मोरङका गजलकार टिका खडेका’राष्ट्रप्रेमी’ले तृतिय स्थान हासिल गर्दै रु.४ हजार र प्रमाण पत्र , बर्दियाकी सर्मिला गौतमले सान्त्वना स्थानसंगै रु. २ हजार र प्रमाणपत्र हातपारीन ।2

 अन्य सहभागि गजलकारहरुमा सुजित कुमार नगकोटी, एस.पी माथवर, इन्दिरा शाह, मिलन माक्तान (तामाङ्ग), दिलिप पराजुली, सिताराम थापा, इश्वर शाही, सुरेशमान रुम्बा तामाङ्ग, गोविन्द घायल, शालिकराम गीरि, रमेश आलेमगर, डि.एन मगर ‘पाङमी’, वेचन महतो, प्रकाश पौडेल ‘शिरिष’, प्रेम प्रकाश सापकोटा, शम्भु कार्की, वाई.पी गौतम, राजन पोख्रेल, खगेन्द्र खिलाफी, वीवी विवश मुखिया, प्रमे राज अधिकारी’वियोगी’, पूर्ण कान्छा गुरुङ, दीप मिलन थिए । गजल प्रतियोगीताको निणायक मण्डल प्रमुख श्याम रानाभाट सदस्यद्धय दुर्गा भुसाल र भानु सुनुवारले निणायकको भूमीका निभाएका थिए ।3

 गजल प्रतियोगीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष हेमन्त परदेशी, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका अध्यक्ष इन्द्रमणी नेपाल, नवोदित साहित्यिक वाचनालयका अध्यक्ष युगयोगीराई, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई , नेपाल प्रबासी तामाङ समाजका प्रथम उपाध्यक्ष कुमार मोक्तान,संस्था संरक्षक विष्णु कार्की, रेगीस्थानी कवि तिर्थ संगम राई, जुनेली कवि बदि्र प्रसाद पराजुली, संस्थाका प्रमुख सल्लाहाकार विरेन्द्र कुमार याक्थुम्बा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।कार्यक्रममा सन्ध्याग्रप कतारका प्रमुख सल्लहाकार बिरेन्द्र कुमार याक्थुम्वाले स्वागत मन्तब्य, राजन लामा डिम्डुङले मोतीराम भट्टको जीवनी र वार्षिक प्रतिवेदन दिलिप अविरलले प्रस्तुत गरे भने कार्यक्रमलाई राजेन्द्र खनालले संचालन गरेका थिए ।4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?