१४ भदौ, काठमाडौं । बुधबार प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड राखेको सुन ओरालो लाग्न थालेको छ । शुक्रबार सुन तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहको छ । सुनको भाउ तोलामा बिहीबार ११ सय रुपैयाँ र शुक्रबार १ हजार रुपैयाँ घटेर ६१ हजार २ सयमा झरेको हो ।
त्यस्तै, चाँदीको भाउ पनि ओरालो लाग्न सुरु भएको छ । बुधबार प्रतितोला एक हजार ११५ रुपैयाँ पुगेको चाँदी घटेर शुक्रबार १ हजार ५५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ बुधबार ३० रुपैयाँ र शुक्रबार ३० रुपैयाँ घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4