Comments Add Comment

वाइसीलको एकल नेतृत्व परिवर्तन हुने

१५, काठमाडौं । एकीकृत माओवादीको युवा संगठन वाइसिएलको तीन दिने प्रथम अधिवेशन शनिबारदेखि राजधानीमा शुरु हुँदैछ । अधिवेशनको उदघाटन शनिबार दिउँसो बसन्तपुरमा पार्टीअध्यक्ष प्रचण्डले गर्दै हुनुहुन्छ । अघिवेशनले एक नेतृत्व प्रणालीमा रहेको वाइसिएललाई सामहिक नेतृत्वमा फेर्ने भएको छ ।

शनिबार उद्घाटनपछि अधिवेशनको बन्दसत्र आइतबारबाट प्रज्ञा भवन कमलादीमा सुरु हुनेछ । बन्दसत्रमा वाइसीएल अध्यक्ष गणेशमान पुनले उत्पादन तथा निर्माण कार्ययोजनासहितको राजनीतिक प्रतिदेशन पेश गर्नु हुनेछ । ‘हामीले युवा उद्योगीहरुसँग पनि छलफल गरेका छौं’ उपत्यका इन्चार्ज दिपशिखाले अनलाइखबरसँग भन्नुभयो-सार्वजनिक, निजी र साझेदारी -पीपीपी) मोडेलमा जानुपर्छ भन्ने निष्कर्षमा पुगिएको छ ।’ उहाँका अनुसार पीपीपी मोडलबाट उत्पादनको काम गर्दा संगठन र व्यक्तिले केही अंश पाउनेछन् भने बाँकी करिव ७० प्रतिशत व्यवसायीलाई शेयर दिनेबारे छलफल भइरहेको छ ।

अध्यक्षमा पुनका दाबेदार देखिएनन्

वाइसीएलको पहिलो महाधिवेशनले संगठनलाई अध्यक्ष प्रणालीमा लैजानेछ । हाल गणेशमान पुन संयोजक मात्र छन् । तर, अब अध्यक्ष, महासचिव लगायतका पदाधिकारी रहेनछन् । नेताहरुका अनुसार अहिलेसम्मको अवस्थामा अध्यक्षमा वर्तमान संयोजक पुन नै निर्वाचन हुने अवस्था छ ।

बेरोजगार युवा संघ खारेज हुने

वाइसीएललाई महासंघ बनाउने प्रस्ताव भने अस्वीकार भएको छ । वाइसीएललाई महासंघ बनाउने र पार्टीको विभिन्न जनवर्गीय संगठनमा रहेका युवाहरुको साझा मञ्च बनाउनेबारे छलफल भएको थियो । ‘अब महासंघमा नलगिने भयो’ एक नेताले भने-‘यसो हुँदा पूर्वउपत्यका इन्चार्ज चन्द्रबहादुर थापा सागरजीले बनाउनुभएको बेरोजगार युवा संघ खारेज हुने सम्भावना बढेको छ ।’ बेरोजगार युवा संघ बनाएपछि वाइसीएलले सागरलाई उपत्यका इन्चार्जबाट हटाइसकेको छ । उहाँ पछिल्लो केही बैठकमा समेत अनुपस्थित रहँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment