Comments Add Comment

चुनाब भए प्रतिकारमा उत्रन्छौं : विश्वकर्मा

विजय चालिसे

१५ भाद्र, नवलपरासी । नेकपा-माओबादिका पोलिट्ब्युरो सदस्य खड्कबहादुर बिश्वकर्माले यथास्थितिमा चुनाब गरिए प्रतिकारमा उत्रने चेतावनि दिनुभभएको छ । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासिले कावासोतिमा आज बिहान गरेको पत्रकार सम्मेलनमा नेता बिश्वकर्माले यस्तो चेतावनि दिनुभएको हो ।

उहाँले संबिधान बन्ने सुनिश्चित नभएसम्म निर्बाचन कुनै हालतमा हुन नदिने जिकिर गर्नुभयो । बर्तमान सरकारले राजनितिक समस्या समाधान गर्न नसक्ने भन्दै नेता विश्वकर्माले वर्तमान मन्त्रीहरुलाई रबर स्ट्याम्पको सज्ञा दिनुभयो । दलिय नेतृत्व बिनाको सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै उहाँले वार्ता र सम्बादको बिधिबाट मात्रै मुलुकले निकास पाउने बताउनुभयो ।

नेता विश्वकर्माले बैदेशिक ठाडो हस्तक्षेप र मुख्य ३ दलबिचको अन्तरबिरोधका कारण बार्ता भंग भएको दाबि गर्दै एकिकृत माओबादिसंग कार्यगत एकता कुनै हालतमा नहुने पनि स्पष्ट पार्नुभयो । कार्यगत एकताको कुरा प्रचण्डको निजि मामला भएकाले यसमा कुनै सत्यता नभएको विश्वकर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment