Comments Add Comment

प्रवासी मजदुर सहयोग केन्द्रको अधिवेशन सेप्टेम्बर ८ मा

 सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र(माईग्रेन सेन्टर) नेपाली समुदायको दोस्रो अधिवेशन हुने भएको छ । आगमि सेप्टेम्बर ८ तारिक आइतबार सो सेन्टरको आफ्नै भवनमा उक्त अधिवेशन हुन लागेको हो । उक्त दिन १२ बजेदेखि संचालन हुने अधिवेशनमा नयाँ कार्यसमितिको चयन , विगतमा यस सेन्टरबाट भए गरेका प्रगतिको समीक्षा गरिने सेन्टरका अधक्ष्य यादव सनालले जनाएका छन् ।

 दुई चरणमा गरिने सो कार्यक्रममा पहिलो चरणमा बिधिवत समुद्धघाटन र स्थानीय कलाकारहरू द्धरा विभिन्न मनोरन्जन आत्माक कला प्रस्तुत गरिने छ भने दोस्रो तथा बन्दसेसनमा अन्तरिक छलफल र नयाँ नेतृत्व चयन गरिने भएको छ । उक्त दिन यस सेन्टरमा आबद्ध सबैलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

 यसैगरी उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिद्यार्थी तथा बुद्धिजिबिहरुलाई समेत उपस्थित हुन अध्यक्षद्वारा जारी विज्ञप्तिमा जानाईएको छ । २००५ मा स्थापित सो माईग्रेन सेन्टरमा रोजगार अनुमति प्रणलि लागुभएयता नेपालीहरूको प्रभुत्व रहदै आएको छ भने यस सेन्टरमा पहिलो अधिवेशनबाट यादव खनालको नेतृत्वमा रहेको कार्यसमिमिले विभिन्न समाजिक कार्यहरू गर्दै आएको छ ।  कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जनबढि नेपालीहरूले यस सेन्टरमा खाना बस्न सहितको सुविधा पाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment