+
+
Shares

११ सय फिटमाथिबाट हि्वलचेयरमा हुत्तिँदा (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते ५:३७

हिम्मत भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालेका छन् ।

लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित बनाइसकेका छन् ।

1

2

3

4

5

6

7

8

9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?