Comments Add Comment

नेपालमा फूलको कारोबार एक अर्ब नाघ्यो

१५ भदौ, काठमाडौं । रंगिबिरंगी फूल भन्ने वित्तिकै मान्छे सबै दुःख बिर्सिएर आनन्द महशुस गर्न थाल्छ । फूलले मान्छेको मन बहलाउनुका साथ-साथै सोभा समेत दिने गर्छ । पछिल्लो समयमा मान्छेहरु विस्तारै फूलका शौखिन बन्दै गइरहेको पाइन्छ । घरमा बँगैचा बनाएर रंगिविरंगी फुलहरु लगाउने क्रम विश्वभर बढ्दै गएको छ । जंगल तथा बारिमा फुल्ने फूलहरु अहिले घर, होटल, अफिस, मिटिङ रुम, सडक किनारा, पार्क लगाएतका स्थानहरुमा पुल्न थालेका छन् ।

मानिसहरु फूलका शौखिन बन्दै जाँदा पछिल्लो समय फूलको व्यववसायीक कारोबार समेत बढेको छ । नेपालमा पनि घर-घरमा रंगिबिरंगी फूल लगाउने प्रचलन बढ्दै गएपछि फूलको व्यवसायमा आकर्षण बढेको फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) का अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो । एसोसियसनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०६९/७० मा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको छ ।

flora

गत आवमा १६ करोड ५६ लाख रुपैयाँको सिजनल फूलका बिरुवा, ३२ करोड रुपैयाँका आलंकारिक वोट-बिरुवा, ५ करोड ८० लाख रुपैयाँको राइजम, १६ करोड रुपैयाँको कट फ्लावर्स कारोबार भएको छ । त्यस्तै, १२ करोड रुपैयाँको ल्याण्ड स्केप तथा गार्डेनिड कारोबार भयो । समिक्षा वर्षमा ५ करोड ८० लाख रुपैयाँ बराबरको फूल व्यवसायसँग सम्बन्धीत सामग्रीहरु आपुर्ती भएका छन भने ३ करोड रुपैयाँ बराबरको फुलहरु आयात भएको छ । नेपालबाट १० करोड ९६ रुपैयाँ बराबरको फुलहरु विदेश निर्यात भएको फ्यानले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले फूलको निर्यातमा लाग्ने भन्सार असुली उत्पादनस्थलमै गर्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नुभयो । ‘फुल कमजोर चिज हो, भन्सारमा पुर्‍याउएर नभई नर्सरीमा प्याक गर्दा नै भन्सार तिर्ने व्यवस्था मिलाउनु पर्छ’ शुक्रबार फ्यानको साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- ‘नेपाली पुष्प व्यवसायलाई सबल बनाउँदै फुलमा आत्मनिर्भर बन्नुपर्छ ।’ महासंघले फुल व्यवसायको प्रबर्द्धनमा सघाउने उहाँले व्यवसायीहरुलाई आश्वासन समेत दिनुभयो ।

नेपालमा सन् १९५० सालदेखि फूलको कारोबार हुन थालेको बताइन्छ । यहि असार मसान्तसम्म आइपुग्दा ३६ जिल्लामा झण्डै ६३५ वटा फूलका नर्सरीहरु विस्तार भइसककेको फ्यानले जनाएको छ । फ्यानका अनुसार फूल व्यवसाय तिब्र गतिमा बढ्दै गइरहेको छ । झण्डै १२० हेक्टर क्षेत्रफलमा अहिले पुष्प व्यवसाय भइरहेको बताउँदै फ्यानका अध्यक्ष गैरेले ५ हजार जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको दाबि गर्नुभयो । उहाँका अनुसार १५ हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

flower garden plans

पुष्प बिकास केन्द्रका प्रमुख उमानाथ भण्डारीले पुष्प भण्डारण गृह निर्माणका लागि सरकारले रकम बिनियोजन गरेको जानकारी दिँदै फ्यानले जमिन उपलब्ध गराएर तत्काल निर्माण कार्य थाल्नुपर्ने बताउनुभयो । ‘भवन निर्माणका लागि सरकारले रकम छुट्याएको छ, तपाईहरुले जमिनको व्यवस्था गरेर निर्माण कार्य थालिहल्नुस’ उहाँले भन्नुभयो- ‘नत्र सबै रकम पि|mज हुन्छ ।’

पछिल्लो समय शहरीकरण बढ्दै जाँदा फूल व्यवसायको केन्द्र काठमाडौंमात्र नभई मोफसलका अधिकांश सहरमा फूलको व्यवसाय फैलिसकेको छ । साथै, भारत, चीन, खाडी मुलुकहरु, अमेरिका, जापान तथा यूरोपियन देशहरुमा फूलजन्य वस्तुहरु निर्यात हुन थालेको फ्यानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment