+
+
Shares

एमाओवादी वैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते ६:४५

१५ भदौं, काठमाण्डौं । आगामी निर्वाचनमा पार्टीले ल्याउने स्थान र चुनावी घोषणापत्र तयार पार्ने विषयमा छलफल गर्न जारी एमाओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

एक महिने चुनावी अभियानमा प्रत्येक निर्वाचन क्षेत्र पुगेका पार्टी केन्द्रीय सदस्यहरुले जिल्लामा आफ्नो स्थान मजबुद रहेको र आन्तरिक व्यवस्थापन दह्रो बनाउनुपर्ने सुझावसहित पार्टीले आवश्यक कदम चाले बहुमत ल्याउन सकिने दाबी गरेका छन् ।

केन्द्रीय सस्दस्यहरुको सुझावका आधारमा पार्टीको आन्तरिक व्यवस्थापनको तयारी तथा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग वाइसिएलको अधिवेशनका कारण बैठक स्थगित गरिएको एमाओवादी पार्टी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?