Comments Add Comment

फोरम लोकतान्त्रिकले निर्वाचण रणनीति बनाउँदै

१६ भदौ, काठमाण्डौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ । तीन दिन सम्म चल्ने बैठकमा मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनको रणनीति तयार पार्ने, निर्वाचनमा पार्टीको चुनौती पहिचान गरी निर्वाचन घोषणा पत्र तयार पार्ने, उम्मेद्वार चयनका मापदण्ड बनाउने विषयमा छलफल हुने फोरम लोकतान्त्रिकका रामजनम चौधरीले जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुन विभिन्न जिल्लाका पार्टी पदाधिकारी तथा पार्टीका केन्द्रीय सदस्यहरु विराटनगर पुगिसकेका छन् । बैठक दिउँसो ३ बजेपछि सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment