Comments Add Comment

मेगा बैंकको सेयर नेप्सेमा सूचीकृत

१६ भदौ, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाबीच आइतवार सेयर सूचीकरण सम्झौता पत्रमा हस्ताक्षर भयो ।

mega-bank-enters-nepse-1

प्रतिकित्ता अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ रहेको २ अर्ब ३३ करोड रुपैयाँबराबरको २ करोड ३३ लाख कित्ता सेयर सूचीकरण भएको हो । जसमध्ये सर्वसाधारण तथा कर्मचारीको ६९ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीको १ करोड ६३ लाख १० हजार कित्ता रहेको छ । मेगाको सेयर आगामी सातादेखि कारोबार हुने नेप्सेले जनाएको छ ।

 मेगा बैंकले गत जेठमा नबिल इन्भेष्टमेन्ट, नागरिक लगानी कोष, एनआइबीएल क्यापिटल मार्केटस र एनएमबी क्यापिटलमार्फत साधारण सेयर बिक्री गरेको थियो । १ लाख ४४ हजार ४ सय ५६ आवेदकले प्राथमिक सेयर प्राप्त गरेका थिए ।

सर्वसाधारण लगानीकर्ताका लागि ६९ करोड ९० लाख रुपैयाँको ६९ लाख ९० हजार कित्ता साधारण सेयर छुट्याइएको थियो । तर सेयर बिक्रीमा १४ अर्ब रुपैयाँ अर्थात २२ गुनाभन्दा बढी आवेदन परेको थियो । १२ सय १९ जना संस्थापक समेत गरी मेगा बैंकका १ लाख ४५ हजार ६ सय ७५ सेयरधनी छन् ।

बैंकले गत शुक्रबार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले अनामनगरस्थित आफ्नो कार्यालयबाट मेगा बैंकको सेयर नामसारी, दस्तखत प्रमाणित, सेयर प्रमाणपत्र खण्डिकरण, लाभांश पूर्जा वितरण लगायतका सेवा प्रदान गर्नेछ ।

mega-bank-enters-nepse2

nepse

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment