Comments Add Comment

सरकारले मुठभेड निम्त्याउँदैछ : वादल

क्रान्ति शाह

१६ भदौ, वीरगञ्ज । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाउनु भएको छ ।

Badalवीरगञ्जमा आइतबार आयोजित कार्यक्रममा महासचिव बादलले हतियारको बलमा चुनाव गर्न खोजिए सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो । महासचिव बादलले भन्नु भयो-‘सरकारले हतियारको धम्की दिन्छ भने हामी पनि जनविद्रोहमा गएर त्यो हतियार खोस्छौ ।’

भन्दै माओवादी महासचिव बादलले आफुहरु चुनाव विरोधी नभएको तर, अहिलेको निर्दलीय सरकारले गराउने चुनावले निकास दिन नसक्ने भएकाले नै आफनो पार्टीले मंसिर ४ को चुनावको विरोध गरेको बताउनु भयो । सरकार र चार दलका कारण नै वार्ता भङ्ग भएको भन्दै उहाँले आफुहरुले अहिले पनि वार्ता र संवादबाटै निकास चाहेको बताउनु भयो ।

उहाँले वार्ताबाट सामाधान ननिस्किए सडक संघर्षबाटै मुलुकलाई निकास दिने दावी गर्नुभयो । राजनीतिक समितिबाट वार्ताका लागि आएको प्रस्ताव सकरात्मक रहेको भन्दै बादलले यस बारेमा ३३ दलीय मोर्चामा छलफल चलिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका निवर्तमान सभासद इस्लाम हवारीसहित विभिन्न पार्टीका ८० जना नेता कार्यकर्ता नेकपा-माओवादीमा प्रवेश गरेका छन् । बादलले उनिहरुलाई टीका लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment