कौशिक शर्मा
लन्डन । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा योगेन्द्रबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । एनआरएन युकेको निर्वाचन समितिले तोकेको उम्मेदवारी दिने अन्तिम समय शनिवार दिउंसो २ बजे सम्म अध्यक्ष लगायत सबै पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको हो ।
गैरआवासीय नेपाली संघ युकेको उपाध्यक्षद्वयमा कृष्ण तिमल्सेना र बाल कृष्ण गुरुङ र कोषाध्यक्षमा डासु पाण्डे चयन भएका छन् । यसैगरी कार्यसमितिका सदस्यहरूमा हरि बहादुर थापा, गोपाल बहादुर गुरुङ, जय प्रकाश गुरुङ,अर्जुन कुमार कटुवाल, भीम गुरुङ, राम बहादुर गलामी र फडिन्द्र भट्टरार्इ चयन भएका छन् ।
यसैगरी अधिवेशनवाट आइ सी सी सदस्यमा सुष्मा लिम्बु राई, थर्क सेन, पशुपती भण्डारी, बिजन भट्ट र सुरेन्द्र बहादुर श्रेष्ठ चयन भएका छन् । यसैगरी राष्ट्रिय संयोजकमा योग कुमार फगामी र सह-संयोजकमा संगीता मरहट्टा चयन हुनु भएको छ ।
प्रतिक्रिया 4