+
+
Shares

जनसम्पर्क समिति नेदरल्याण्डद्वारा पोखरेल र शर्मा पद मुक्त

हल्यान्ड । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले समितिका उपाध्यक्ष विष्णु पोखरेल र निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार ठाकुर शर्मा मनोहरीलाई साधारण सदस्य समेत नरहने गरी सवै जिम्मेवारी मुक्त गरेको छ । नेपाली जनसम्पर्क स

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते १०:२८
चन्द्र केसी
हल्यान्ड ।  नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले समितिका उपाध्यक्ष विष्णु पोखरेल र निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार ठाकुर शर्मा मनोहरीलाई साधारण सदस्य समेत नरहने गरी सवै जिम्मेवारी मुक्त गरेको छ ।  नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष दिपक रेग्मीद्वारा जारी गरिएको विज्ञप्तिमा संगठनमा अनुशासन तथा नियमलाई अक्षुण राख्नको लागि अप्रिय निर्णय गरिएको जनाएको छ ।
१ सेप्टेम्बरमा  भइरहेको एनआरएन नेदरल्याण्डको चुनावमा जनसंपर्क समिति नेदरल्याण्डस्ले कृष्ण राज अधिकारीले नेतृत्व गरेको समुहलाई समर्थन गर्ने आधिकारीक निर्णय गरेको तर पोख्रेल र शर्मा समितिको निर्णयको बर्खिलापमा गएको, संगठनले पटक पटक संगठनमा फर्किन गरेको अनुरोधलाई वेवास्ता गरेको कारण जनसंपर्क समितिको अनुशासन समितिले साधारण सदस्यबाट निलम्बन गर्न गरेको सिफारिसलाई समितिले अनुमोदन गरेको छ ।
निवर्तमान अध्यक्ष ठाकुर शर्मा मनोहरी गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको अध्यक्ष र उपाध्यक्ष विष्णु पोख्रेल सदस्यमा जनसंपर्क समितिले समर्थन गरेको समुहको विपक्षमा चुनावमा ओर्लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?