+
+
Shares

दुबईमा तीजको रमझम (फोटो फिचरसहित)

अबुधावी । युएईस्थित कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले प्रवासको भूमिमा पनि महिलाहरुको महान चाड हरितालिका तीज आफ्नै रितीरिवाजका साथ पारम्पारिक पहिरन रातो साडी र छड्के तिलहरी लगाएर तीजको गीत गाउदै विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । कार्यक्रम अर्घाखांची सम्पर्क समिति युएई र गुल्मी सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबारका दुबईको इम्पिरियल सुईट होटलमा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते १०:३८

लालबहादुर ढेंगा

अबुधावी । युएईस्थित कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले प्रवासको भूमिमा पनि महिलाहरुको महान चाड हरितालिका तीज आफ्नै रितीरिवाजका साथ पारम्पारिक पहिरन रातो साडी र छड्के तिलहरी लगाएर तीजको गीत गाउदै विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । कार्यक्रम अर्घाखांची सम्पर्क समिति युएई र गुल्मी सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबारका दुबईको इम्पिरियल सुईट होटलमा भएको हो ।a

उक्त कार्यक्रमको प्रमुख अतिथिमा गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले गर्नु भएको थियो । त्यस्तैगरी बिशेष अतिथिमा गायिका सम्झना लामिछाने र अन्य अतिथिमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई पत्रकार उमाकान्त पाण्डेले संचालन गरेका थिए ।b

स्थानीय कलाकार आशिकी पाण्डे, सविता आचार्य, विमला सापकोटा, बिष्णुप्रसाद आचार्य, सावित्रा ज्ञवाली, अमृता पौडेल र सृजना भण्डारीको समुह स्वागत गीतबाट थालनी गरिएको लगत्तै “परेली फरफर फरफरायो” तीजको गीतमा मौसमी केसीको नृत्यले हललाई तताउन सुरु गरेको थियो । “अहिलेको तीजमा ढल्की नाच्ने हो” गीतमा लक्ष्मी भुसाल र “ढक्क कपाल फर्काएर आउ” सृजना भण्डारीको नृत्य सेलाउन नपाउदै “आंसुले पिरतीको कुराले” भन्ने गीतमा माइनस प्लस संगौला र सीता केसीको युगल जोडी नृत्यले अझै सुनमा सगन्ध थपिदिएको थियो ।c

नेपालबाट आएकी अतिथि कलाकार चर्चित लोक गायिका सम्झना लामिछाने रातो साडीमा सजिएर छड्के तिलहरीमा जब स्टेजमा प्रवेश गरिन सिटीको साथ स्वागत भएको थियो । म कुवारी कन्य केटी दुबईमा सोल्टीहरुको खोजीमा आएको भन्दै युवाहरुको दिल जित्न प्रयास पनि गर्दै थिइन् । गायिका लामिछानेको लागि दुबई नौलो थिएन । गत साल पनि युएईमा तीजको कार्यक्रमको लागि आएकी हुनाले सोल्टीहरु र दर्शकहरु पनि परिचित भइसकेका थिए । d

त्यस्तैगरी स्थानीय कलाकार नरेन्द्र भाटको नृत्य, “पिरती बस्यो सुस्तरी-सुस्तरी” को गीतमा शिला आलेको नृत्य, “बसे सानु आंसु नझारे” चुमान कांउछाको गीत, डम्बर नेपालीको नृत्य, “चन्द्र मुखी तारा” यमलाल पराजुलीको गीतले पनि निकै मनोरञ्जन दिएको थियो ।  सो अवसरमा आ-आफ्ना शुभकामना मन्तव्य राख्नेहरुमा गुल्मी सेवा समाज युएईकी महिला प्रमुख अमृता पौडेल, अर्घाखांची सम्पर्क समिति युएईका उपाध्यक्ष सम्रात ध्रुव केसी र प्रमुख अतिथि लक्ष्मण भण्डारी रहेका थिए भने कार्यक्रमका अध्यक्ष राजु खड्काले कार्यक्रमको विसर्जन गरेको थियो । e

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?