+
+
Shares

सुनको भाउ ओरालो लाग्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ११:५८

१६ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनको भाउ ओरालो लागेको छ । आइतारबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार gold gargahanaभइरहेको छ । सुनको भाउ गत बुधबार तोलको ६३ हजार ३ सय रुपैयाँ पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको थियो ।

सुनको भाउ बिहीबार ११ सय रुपैयाँ, शुक्रबार र आइतबार १÷१ हजार रुपैयाँ घटेर तोलाको ६० हजार २ सय रुपैयाँमा झरेको हो । त्यस्तै, चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँ घटेर १ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार चाँदी तोलाको ११ सय १५ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा चाँदीको भाउ निरन्तर ओरालो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?