Comments Add Comment

बाहृय शक्तिको चलखेल बढ्यो : थापा

kamal thapa१६ भदौ, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाहृय शक्तिको बढ्दो चलखेलबाट राष्ट्रमा अहिले सङ्कट उत्पन्न हुनुका साथै नेपालीहरु अल्पमतमा पर्ने खतरा बढेको बताउनुभएको छ । उहाँले मुलुकको विद्यमान सङ्कटको समाधान खोज्न नेकपा-माओवादीलगायत अन्य दललाई साथै लिएर निर्वाचनमा जान सरकारलाई सुझाव दिनुभयो ।

छतिवनमा आइतवार आयोजित क्षेत्रीय प्रशिक्षण शिविरको उद्घाटन गर्दै उहाँले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न चार दलीय संयन्त्रको प्रभावबाट अलग रही सरकारले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन राजनीतिक दलहरुले राजासहितको प्रजातन्त्रलाई स्थान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्यहरु दीपकबहादुर सिंह, मधु अधिकारी र भीमबहादुर भोम्जनले चार दलीय संयन्त्रले चुनाव सार्न नहुने बताउनुभएको थियो । राप्रपा नेपाल छतिवन एकाइ अध्यक्ष राजाराम अर्याल र मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्टले संविधानसभाको निर्वाचनमा सक्रिय भई लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रशिक्षण शिविरमा पार्टीका क्षेत्रीय समितिका पदाधिकारीहरु, विभिन्न गाविसका पार्टी प्रतिनिधिहरु र भ्रातृ सङ्गठनका पदाधिकारीहरु गरी करिब १९० प्रतिनिधि सहभागी रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment