+
+
Shares

इतिहादको बिजनेस कनेक्ट कार्यक्रम नेपालमा पनि विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते १३:३५

१६ भदौ, काठमाण्डौ । युएइको राष्ट्रिय विमानसेवा इतिहाद एयरवेजले आफ्नो व्यवसायिक कार्यक्रम बिजनेस कनेक्टलाई नेपालसहित विश्वका थप ११ वटा क्षेत्रमा विस्तार गरेको छ । नेपाल, बहराइन, बेलारुस, कुवेत, लेबनान, मलेसिया, नेदरल्याण्ड, ओमान, फिलिपिन्स, कतार तथा थाइल्याण्ड गरी नयाँ ११ वटा बजार क्षेत्रमा व्यवसायिक कार्यक्रम विस्तार गरिएको एयरवेजले जनाएको छ ।

Etihad-air-planeयो कार्यक्रम सानादेखि मझौला व्यापारिक क्षेत्रका लागि लक्षित छ जहाँ इतिहाद एयरवेजमार्फत उडान भर्नेलाई विभिन्न खाले अवसर तथा लाभ प्रदान गरिन्छ ।

यो वर्ष विश्वस्तरीय पुरस्कार समेत पाउन सफल भएको इतिहाद गेस्ट लोयाल्टी प्रोग्रामको एक भागको रुपमा रहेको बिजनेस कनेक्टमा आबद्ध उपभोक्ताहरु कम्पनीहरुले उनीहरुका कुनै एक जना कर्मचारी इतिहास एयरवेजमार्फत यात्रा गरेमा इतिहास गेस्ट माइल्स नामक कार्यक्रममार्फत फाइदा लिन सक्नेछन् । अनलाइनमार्फत बुकिङ गरिएका, इतिहाद कनेक्ट सेन्टरमार्फत खरीद गरिएका वा नियुक्त ट्राभल एजेन्ट्सँग खरिद गरिएका टिकटमा यस्तो अवसर प्राप्त हुनेछ ।

टिकटमा प्राप्त हुने यस्तो लाभमार्फत निशुल्क उडान तथा इतिहाद गेस्ट रिवार्ड सपमा सामान खरीदका साथै नगदै लिएर समेत विश्वका विभिन्न ठाउँमा किनमेल गर्न सकिने इतिहाद एयरवेजले जनाएको छ ।

इतिहाद एयरवेजका प्रुमख व्यापारिक अधिकृत पिटर बमगार्टनरका अनुसार एयरवेजको बिजनेस कनेक्ट कार्यक्रम साना तथा मझौला व्यवसायिक कम्पनीको लागि सबैभन्दा फाइदाजनक तथा राम्रो अवसर स्किम हो । कम्पनीहरुलाई आफ्नो उडान खर्च घटाउन तथा व्यवसायिक दृष्टिकोणको विकाश गर्न सहयोग मिल्ने उहाँले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?