Comments Add Comment

खुला फुलकन्ट्याक्ट करातेमा वीरमानलाई उपाधि

१६ भदौ, काठमाडौं । वीरमान लामाले ‘फाइटर अफ द एयर’ राष्ट्रव्यापी पुरुष खुला फुलकन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा वीरमानले सन्तोष चौधरीलाई पराजित गरे ।

‘फाइटर अफ द एयर’ को उपाधिसंगै वीरमानले २० हजार नगद पुरस्कार जिते । नेपाल क्योकुसिन कराते डो संघ, उपशाखा, लैनचौरद्वारा आयोजित प्रतियोगितामा इन्द्र लामा तेश्रो र रुपक लामा चौथो भए । दोश्रोदेखि चौथो हुनेले जनही ५ हजार नगद पुरस्कार पाएको आयोजक उपशाखाका प्रमुख राजकुमार लामाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment